समरका यात्रीहरु |१० बर्षे जनयुद्धको क्रममा सुर्खेतवाट जेलब्रेक गरिएको गित

Описание к видео समरका यात्रीहरु |१० बर्षे जनयुद्धको क्रममा सुर्खेतवाट जेलब्रेक गरिएको गित

समरका यात्रीहरु |१० बर्षे जनयुद्धको क्रममा सुर्खेतवाट जेलब्रेक गरिएको गित #Samarka Yatriharu

स्वर : सर्वजित थापा मगर, माया बोहोरा लगाएतका साथीहरु
शब्द रचना : देविराम देवकोटा (असिम )
लय संकलन : शहिद पुष्पराज चौधरी ( विशाल )

यो गितबारे छोटो जानकारी...
जनयुद्धको पेचिलो समय थियो । २०५८ साल मंसिर ८ गते तत्कालीन जनमुक्ति सेनाले दाङको घोराहीमा तत्कालीन शाही सेनाको ब्यारेकमा भीषण फौजी आक्रमण गरेको थियो र पहिलो पटक सेनासँग लडाइँ गर्न शुरु गरेको थियो । त्यही तुफानी समयमा विभिन्न ठाउँवाट गिरफ्तार परी सुर्खेत जेलमा रहेका १५ जना राजनैतिक आश्थाका बन्दि र १५ जना गैर आश्थाका बन्दि गरि ३० जनाले ३२ फिट् लामो सुरुङ्ग खनेर जेलब्रेक गरेका थिए । त्यही परिवेशलाई समेटेर जेलब्रेकर देविराम देवकोटाले यो गितको रचना गरेका हुन् । २०५८ कार्तिक २३ गते देखि सुरुङ्ग खन्न सुरु गरेर माघ २ गते बिहान साढे १ बजे जेलब्रेक गरिएको थियो । जेलब्रेकको मुख्य नेता झक् बहादुर मल्ल हुन् । उनी अहिले नेकपाको केन्द्रिय सदस्य तथा सुर्खेतको सह इन्चार्ज छन् । अरु नेताहरुमा बिष्णु प्रसाद चौधरी, पुष्पराज चौधरी, विकास गुरुङ, विन्दमान विस्ट, गणेश भण्डारी, यो गितको रचनाकार (देविराम देवकोटा ), लोक जङग शाही, लोकबहादुर चलाउने, कृष्ण बडुवाल, राम बहादुर रसाइली, गोपाल शर्मा, नवराज खड्का, रबिन्द्र बयक र उपेन्द्र बिक हुन । यी सबै राजनैतिक आस्थाका बन्दी हुन् । अरु १५ जना गैर आश्थाका बन्दि हुन् ।

Комментарии

Информация по комментариям в разработке