BALEN - BALIDAN (OFFICIAL MUSIC VIDEO)

Описание к видео BALEN - BALIDAN (OFFICIAL MUSIC VIDEO)

Balen Performing Balidan , Prod. By Nasty/Spark
Get On:
Spotify : https://spoti.fi/2plVTVE
Amazon : https://amzn.to/32PFDdb
Deezer: https://bit.ly/2qkLDh0
Saavn: https://bit.ly/2qbf3hF
Tidal: https://bit.ly/33WA6CX

For Bookings and Shows : 00977- 9813534270
Email : [email protected]

Connect on Facebook :   / balenofficial  
Connect on Instagram :   / balenshah  

Diriection/Concept : the dumb director.
The Dance Station

lyrics:
देशको रक्षा गर्ने जती सबै चुकिया छन्
नेता जती सबै चोर देश लुटी खाछन्,
आमाको सारीमा , कट्टु सोची मुतिराछन्,
खानेबेला एक , गर्ने बेला फुटिराछन्,
नाङ्रेस नेमाले नाउबादी ,
सबै मिली घुमी देश खाउँ बाँडि हामी
सधै चिलिम फुकी जस्तो Case नि बिगारी
सस्तो सारी, महँगो गाडी,
कानुन कयदालाई नाङ्गो बाङ्गो पारिदै उघारी
नारीमा कुमारी जोगाउने बलतकारी ,
खाडिमा चिनारी लुटाउने सधै हामी,
बाढिमा बिरामी फुकाउने त्यही पानी
देशको कर्मा चारी शक्तिशाली सरकारी,
३० हजार को तलब , ३० वटा घरबारी ,
बिचबजारको सडक बिस वटा खाल्डो पारी
खल्ती भारी , बैन्क मारी , सात तहको अधिकारी,
कस्ले तिर्ने सात समुद्र पारी देशको सात उधारी ।


पुरानो भो इतिहास केहि फेरिएन ,
बाँकी हुँदा एत्ती सास मोहा मेटिएन ,
कहाँ कुद्छ रेल , यहाँ बाटो भेट्टिएन,
कलाकारलाई जेल , मुर्खा लाटोले बुझेन,
जङ्गल भयो फडानी , त्यो आगोनै निभेन,
सात तोपको सलामीमा बाठोनै थिएन,
कसरी पो बन्छ देश , बिदेशी माटो किनेर,
हेर त्यो मुटु चिरेर, छिमेकीनै तिम्रो मनमा,
त्यो आत्मियता हैने आँखा लाछौ तिमीले धनमा,
अपराधी देशमा छन , घुमिराको साईरनमा
सफा पानी चढाकोछ आउँदैछ रे साईकलामा,
फोक्कटमा बेच , मेलम्ची कस्ले ल्याईरहन्छ ,
यो ब्यापार हो सबै, यो राजनिती हैन ,
यो राज्यको राजाहरुमा राजयोगनै छैन ,
यो रामराज्य हैन , राम्रोनै रमाउदैन ,
नराम्रो नै हाम्रो भो , जो कमाउदैछ ।


मलाई बोल्न दे सरकार , अपराध हैन ,
मन खोल्न दे दरबारको म सराप हैन ,
मन खराब छैन , सही बोल्न डरउँदैन ,
कानुन पो लाग्छ कि , आवाज उठाउदैमा ,
बलिदानको गीतामा मेरो शब्दको सलामी ,
गाउँ गाउँ बाट उठ युवा कलम थामी ,
सोर्है आना सही कुरा, सुन सोची साराले ,
भुमरीमा भौतारी भविश्य अभिभाराले ,
के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले ,
के भन्न पो बाकिँछ , बुद्धनै साची छ ,
कोपिला मास्दा के फुल्छ त्यो डालिमा ?
आशु र रगत लुकेकोछ लालिमा ,
हासोमा बारुदको गन्ध , सधैको द्वन्द ,
कहाँ खोजौ शान्तिको सन्देश , कवितालाई छन्द ,
पवित्रछ मन त , धेरै छ नि भन्न ,
कुरा सुखदुखको मुखैभो बन्द ।

#Balen #Balidan #VisitNepal2020

Комментарии

Информация по комментариям в разработке