येशू (Yeshu) - Chrisma Abigail

Описание к видео येशू (Yeshu) - Chrisma Abigail

Lyrics/Composition/Vocals/Keys - Chrisma Abigail
Music Arrangement/Guitar - Steven Tamang

Lyrics:

के नै दिन सक्छु तिमिलाई
तिम्रो रगतको साटोमा?
को नै थियोे र तिम्रो साथ
तिम्रो अाँसु पुस्नलाई?
चोटै चोटले भरिएको शरिरबाट
बगेथ्यो रगतको खोला ।
पियौ कचौरा कष्टको निर्दोष तिमीले
पापी मेरो आत्मा बचाउनलाई।

मेरा आँखाहरु उठाई हेर्छु तिमिलाई
देख्दछु मेरा पापहरू तिम्रो शरिरमा।
टाँगिदिऐछौ ती हात फैलाई आफैसित त्यो क्रुसमा ।

हात पाउमा किल्ला,
काँडे मुकुट शिरैमा,
घायल शरिर मेरो पापको बलिदान ।
पवित्र पवित्र परमेश्वरका पुत्र
अरु कसले दिन सक्छ र संसारलाई यस्तो प्रेम?
मेरो अधर्म सबै मेटियाे उनको रगतले,
पाउँछ संसारले उहाँमा मात्र मुक्ति ।

रगत बहाई संसारकोलागि बलि,
अनन्त जीवन मुक्ति दिनलाई।
चीहान छाडि बौरि उठे उनी,
मृत्युमाथि विजय हुनलाई ।
अब मृत्युुसँग केको डर मलाई?
म त जिउने छु,
ख्रीष्टको साथ।

येशू येशू

मेरो ह्रिदय बाहेक,के नै दिन सक्छु र,
तिम्रो रगतको साटोमा?
को नै थियो र तिम्रो साथ
तिम्रो अाँसु पुस्नलाई?

Комментарии

Информация по комментариям в разработке