इतिहास बोकेको मदनपोखरा : वृत्तचित्र

Описание к видео इतिहास बोकेको मदनपोखरा : वृत्तचित्र

तानसेन नगरपालिका वडा नं. ८ मदनपोखरा । मदनपोखरा राजनीतिक चेतना र जागरणको थलो हो, सामुदायिक भावना र सामुहिक कार्यमा अग्रणी गाउँ हो । आधुनिक कृषि, सामुदायिक वन र सामुदायिक सञ्चार यहाँका समुदायको आफ्नै सोंच, परिकल्पना र दुरदृष्टि हुन्, आजको सफलताका कथा हुन् ।

२००७ सालको जनक्रान्तिमा यहाँका जनताले गरेको बलिदानी र राणाशाही विरूद्धको आन्दोलन मदनपोखराको गौरवगाथा हो, नाम चलाउने पृष्ठभूमि मदनपोखरा हो । जाली फटाहा विरोधी आन्दोलन होस् कि गोदाम तोड आन्दोलन, किसान आन्दोलन होस् वा निरंकुश पञ्चायत विरूद्धको आन्दोलन, मदनपोखरा परिवर्तनको शंखनाद गर्ने गाउँका रूपमा स्थापित छ ।

समुदायको स्वामित्व, समुदायको सहभागिता र समुदायको व्यवस्थापनमा सामुदायिक रेडियो स्थापना र सञ्चालन गरेर मदनपोखराले नेपालकै अद्वितीय उदाहरण प्रस्तुत गरेको छ । समुदायद्वारा सञ्चालित सञ्चार माध्यमले मात्र समुदायलाई वास्तविक अर्थमा सूचनाको मालिक बनाउन सक्छ भन्ने सन्देश छोडेको छ । यहाँको सामुदायिक रेडियो मदनपोखरा दक्षिण एसियाकै पहिलो ग्रामिण सामुदायिक रेडियो हो । यो सामुदायिक रेडियो २०५६ सालबाट प्रशारण सुरु भएको थियो । समुदायलाई सुचनाको मालिक बनाउने र ग्रामिण क्षेत्रका विषयबस्तु उठान गरि समाज परिवर्तन गर्ने लक्ष्यले यहाँको समुदायद्धारा स्थापित यो रेडियोको संसारभर चर्चा छ ।

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक अन्तरगत गौडेपुल देखि चुच्चेबारी सम्म वडा नं. ८ पर्दछ । गौडेको पुल तिनाउ गाउँपालिका र तानसेन नगरपालिकाको संगम स्थल पनि हो । गौडेपुल देखि ७ किलोमिटर सिद्धार्थराजमार्ग यसै वडालाई छोएको छ ।

Комментарии

Информация по комментариям в разработке