हृदयमाथि नै किन आक्रमण हुन्छ? Why is the heart attacked? Pastor Binay Bhandari.

Описание к видео हृदयमाथि नै किन आक्रमण हुन्छ? Why is the heart attacked? Pastor Binay Bhandari.

शैतानले सबैभन्दा बढी हाम्रो हृदयमाथि आक्रमण गर्ने प्रयासहरु गरिरहेको हुन्छ, किनभने हृदय नै हाम्रो सारा जीवनको मूल हो। हाम्रो हृदयमा जे कुरा छ त्यही नै बाहिर निस्कदछ। असल र आशिष्मय कुराहरुले हाम्रो हृदय भरिएको छ भने यसबाट असल र आशिषका कुराहरु नै बग्दछन्। तर खराब र दुष्टताका कुराहरुले हाम्रो हृदय भरिएको छ भने यसबाट खराब र दुष्ट कुराहरु नै बग्दछन्। यसकारण हाम्रो हृदयले नै हाम्रो जीवनको गति र विकासलाई निर्धारण गर्छ। हाम्रो परमेश्‍वरले पनि मानिसको अनुहार हेरेर न्याय गर्नुहुन्न तर उसको हृदयभित्रको विचार हेर्नुहुन्छ। जब शमूएल अगमवक्त्ता परमप्रभुको आज्ञाअनुसार यिशैका आठजना छोराहरु मध्ये कुनै एकजना छोरालाई राजा अभिषेक गर्नको लागि गए, तब परमप्रभुले सातजना हेर्नमा सुन्दर र अग्लालाई इन्कार गर्नुभयो तर भेडा चराउँदै गरेको कान्छो छोरा अर्थात दाऊदलाई राजाको निम्ति चुन्नुभयो। परमप्रभुले दाऊदको हृदय जान्नुहुन्थ्यो। भेडा गोठालो भए तापनि उसले आफ्नो सम्पूर्ण हृदयबाट नै परमप्रभुलाई पछ्याएको थियो। यसकारण परमेश्‍वरले उसलाई चुन्नुभयो र राजा अभिषेक गर्नुभयो। यसकारण हाम्रो रुप आकर्षक नहोला, मानिसहरु अनि समाजको अगि हाम्रो कुनै आदरको पद नहोला, र हामी मानिसहरुबाट त्यागिएका र फालिएकाहरु हुनसक्छौँ; तर यदि हाम्रो हृदय शुद्ध छ र हामीले आफ्नो पूरा हृदयले परमेश्‍वरलाई पछ्याएका छौँ भने एक दिन उहाँले हामीलाई पुँच्छर होइन तर सबै कुराहरुको शिर तुल्याउनुहुनेछ। यो चाहिँ आफ्नो वचनमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा हो। यसकारण हामीले हाम्रो हृदयलाई परमेश्‍वरको वचनले भर्नुपर्छ र यसलाई वचनको शक्तिले सम्हाल्नुपर्छ। तब हाम्रो हृदयबाट शान्ति, अनुग्रह, आशिष र अभिषेकको नदि बगी निस्कदछ। यसबाट जीवनका खोलाहरु बगी निस्कदछ। पापको कारण कतै तपाईको हृदय परमेश्‍वरबाट तर्केर जाँदै त छैन ? हामीले हाम्रो हृदयलाई वचनमा निरन्तर जाँच्नुपर्छ। हामी ओठले मात्र परमेश्‍वरलाई आदर गर्नेहरु हुनुहुँदैन तर ओठ र हृदय दुवैबाट उहाँलाई आदर गर्ने हुनुपर्छ।

हितोपदेश ४ः२३, “सबै कुराभन्दा बढी आफ्नो ह्रदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”

Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇:
Word and Life Church:    / @wordandlifechurchusa  
Binay Bhandari Official:    / @binaybhandariofficial  

Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email 📧 us at 👉 [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: https://wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

Комментарии

Информация по комментариям в разработке