धर्तीको स्वर्ग इलाम😍झरी रोकिएपछि इलाम घुम्दा कति रमाइलो प्रकृति Ilam Nepal

Описание к видео धर्तीको स्वर्ग इलाम😍झरी रोकिएपछि इलाम घुम्दा कति रमाइलो प्रकृति Ilam Nepal

मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार कोशी प्रदेशमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटको इलाममा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । 
मेरो च्यानलमा जोडिएर यी र यस्तै भिडियो हेर्न subscribe गरिदिनु ल!

Комментарии

Информация по комментариям в разработке