तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा

Описание к видео तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा

साबित्री थापाले लामो समय नेपाल सरकारका बिभिन्न निकायमा बसेर काम गर्नु भयो । बिशेषगरी तिब्बती शरणार्थीहरु बिभिन्न नाकाबाट नेपाल भित्रिएपछि गरिएको शरणार्थी ब्यवस्थापनमा वेलफेयर अफिसरका रुपमा उहाँले निर्वाह गर्नु भएको भूमिका, सहकारीको स्थापनापछि युवा अवस्थामैं लिनु भएको नेतृत्व लगायतका कामहरु उल्लेखनीय छन । नेपालमा गैर सरकारी संस्थाको अवधारणासंगै उहाँले महिला सम्बद्ध संस्थाको स्थापना गरेर महिला अधिकारको क्षेत्रमा काम गर्नु भयो । पंचायत कालमा गठन भएका बिभिन्न समितिहरुमा रहेर राजपरिवारका सदस्यहरुसंग निकट भई महिला र जेष्ठ नागरिकका लागि काम गर्नु भयो भनें बिसं २०४६ सालको प्रजातन्त्र पछि गठन भएको महिला सुरक्षा दबाब समूहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । अहिले ८१ को उमेरमा पनि उहाँ समाज सेवाका बिभिन्न काममा उहाँ खटिइरहनु भएको छ । आफ्नो आत्मसंस्मरण लगायत बिभिन्न पुस्तकहरुकी लेखक उहाँलाई महिलाले गरेका सिर्जना एकै ठाउँ राख्ने गरी काम गर्ने इच्छा छ र त्यसको सुरुवात पनि गरिसक्नु भएको छ । प्रस्तुत छ, अधिकारकर्मी तथा समाजसेवी साबित्री थापासंग गरिएको कुराकानी...समय भित्रको समय ८१
Babita Basnet With Sabitri Thapa
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке