Samyak samvad With Binu pokhrel, ft.Tulasi Diwas.

Описание к видео Samyak samvad With Binu pokhrel, ft.Tulasi Diwas.

GUEST: Tulsi Diwas
HOST : Binu Pokhrel
CAMERA/EDIT: Kisan

भिडियो भित्र :

Samyak Samvad with Binu Pokharel, ft, Poet Tulsi Diwas
प्रियजन,
हार्दिक नमस्कार !
भनिन्छ, जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । पहिले यसलाई एउटा नेपाली उखान मात्र ठानिन्थ्यो । आज आएर प्रमाणित भयो– यो संसारको गति सम्बन्धी दर्शन रहेछ । नेपाली भाषामा यस्ता उखानहरु समाजले लामो बोधपछि तयार गरेको थियो भन्ने कुरालाई आज विज्ञानले पनि प्रमाणित गरिदिएको छ । सन् २०२२ मा क्वान्टम थ्यौरी प्रमाणित गर्ने फ्रान्सका एलेन एस्पेक्ट, अमेरिकाका जोन एफ क्लाउजर अनि अष्ट्रियाका एन्टन जेलिङ्गरलाई दिइएको नोवेल पुरुकारबाट पनि थाहा हुन्छ । उनीहरुले भने रवि अर्थात् सूर्य नपुग्ने ठाउँमा कवि अर्थात् भावना र विचारहरु पुग्छन् । या रवि भन्दा छिटो कवि पुग्छन् ।
किनकि उनीहरुले इन्ट्याङ्गल फुटोन जेल इन इक्वालिटी स्थापित गर्दै भने– प्रकाश भन्दा पनि छोटो समयमा विचारले सबैभन्दा लामो यात्रा पार गर्छ । यस कुरालाई उनीहरुले ल्यावबाटै प्रमाणित गरे । जुन तथ्य मार्फत् उनीहरुले आइन्स्टाइनको नथिङ क्यान ट्राभल फाष्टर देन द स्पिड अफ लाइट अर्थात् लाइट भन्दा छिटो पुग्न सक्ने अरु कुनै कुरा छैन भन्ने थ्यौरीलाई पनि गलत सावित गरिदिए ।
आखिर विचार के हो ? त्यसको यात्रामा कवि नै किन अगाडि छन् ? कवि को हुन् ? यही संसारलाई कविले कसरी फरक देख्छ ? कविहरुलाई बुझ्दा यस्तो लाग्छ उनीहरुको दृष्टि सामान्य भन्दा उचो, प्रष्ट र विहङ्गम हुन्छ । ढुङ्गामा पनि फूल फूलेको देख्ने देवकोटा र समहरु जस्तै समय, जीवन, प्रेम र सम्बन्धलाई धर्म निर्वाहको रुपमा बुझ्ने यस बेलाका कवि तुलसी दिवसलाई आज हामीले संम्यक संवादमा निम्त्याएका छौं ।
उहाँ कवितामै संवाद गर्नुहुन्छ । अर्थात् उहाँका हरेक वाक्यहरु कवितात्मक हुन्छन् । लयमा हुन्छन् । उनै तुलसी दिवससँग आज हामी कवित्व, दृष्टि प्रेम, परिवार, सम्बन्ध, भोगाइ र उहाँको समग्र जीवन र कवितामा केन्द्रित भएर संवाद
गरेका छौं ।
१ कविता लेखिन्छ कि देखिन्छ ?
२ जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भनिन्छ । कहाँ कहाँ पुग्छन् कवि ?
३ एउटै वस्तु वा दृश्य हुन्छन् तर कवि र अकविका लागि किन ति एकै दृष्य फरक छ ?
४ अनि कविताका लागि चाहिने संवेदना चाहिँ कविबाट पैदा हुन्छ, कि कविले देखेको वस्तु वा दृश्यबाट पैदा हुन्छ ?
५ कविहरु कवित्व लिएरै आउँछन् कि पछि बनाउने हो ?
६ कवि र दुःख पोख्ने मान्छे एकै हुन् ?
– तुलसी दिवस कति अनौठो नाम यो कसरी रह्यो या आफैं राख्नुभयो ?
– एउटा व्याक्तित कुरा सोधौं ? हजुर अविवाहित हुनुहुन्छ, यो अनिच्छा हो वा अप्राप्ति ?
– एक्लोपन महसुस हुँदैन ?
– हजुरको त परिवारमा पनि एकदमै ठूलो दुर्घटनाबाट गुज्रीयो हैन ? कसरी भयो त्यो सब भन्न मिल्छ ?
(जीवन त संवेदनाको व्यावस्थापन मात्र हो रैछ हैनत उसोभए ?)
– एक्लो हुनु र एक्लोपन महसुस गर्नुको फरक बताइदिनु न ? एक्लो हुनु भनेको शारीरिक अवस्था हो कि मानसिक दशा ? किनकि भीडमा हुने मानिसहरु पनि आफूलाई एक्लो महसुस गर्छन्,
– प्रेम के रहेछ ?
– अहिले त प्रेमीद्धार एसिट प्रहार, प्रेमीद्धार हत्या भनिन्छ । के प्रेम घृणा बन्छ ? कि घृणामा बदलिएको प्रेम थिएन ?
– (प्रेमबारे मेरो बुझाइ – अहिलेका बच्चाहरु यसैमा अड्किनु भएको छ कि मनपराउनुलाई प्रेम ठान्नुहुन्छ । मन पर्नु र प्रेम हुनु दुई फरक कुरा हुन् । मन पर्नु वासनासँग सम्बन्धित भयो त्यो शारिरिक हुन्छ । यदि केटी या केटा केटीको यौनाङ्ग फेरिने हो भने उसले छोडेर हिड्छन् । प्रेम थियो भने उ साथैमा रहन्छ आफ्नो निजी बनाउने चक्करमा लाग्दैन । किनकि स्वातन्त्रतामानै प्रेम फष्टाउँछ ।)
मन पर्नेले फूल फुलेको देखे टिपेर लान्छ प्रेम गर्नेले पानी हालेर ठूलो फूल फल्न सहयोग गर्छ ।
– प्रेम गर्नु, प्रेममा हुनु, प्रेम नै हुनु तीन अवस्था हुन्छन् ? व्याख्या गरिदिनु न ?
– प्रेममा प्रतिक्षा हुन्छ भनिन्छ । त्यहाँ के को प्रतिक्षा गरेको ? प्रेम त हुँदा हुँदै पूर्ण महसुस हुने कुरा होइन र ? मलाइृ त यस्तै महसुस हुन्छ । प्रतिक्षा भए त अपेक्षा भयो त्यस मोहमा त कहाँ प्रेम हुनु ?के हामी मोहलाई प्रेम भन्दैछौं ?
–जीवनबाट सुख र दुःख निकालीदियो भने के बाँकी हुन्छ ?

कवि तुलसी दिवस जती कविता लेख्नु हुन्छ त्यो भन्दा धेरै त कवितात्मक जीवन नै बाँच्नु हुन्छ । त्यसैले मलाई लाग्छ उहाँको जीवनै एक सुन्दर कविता हो ।
उहाँको बारेमा थप बुझ्न तलको लिंकमा जानुहोला ।
  / tulasi.diwasa  



Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Комментарии

Информация по комментариям в разработке