Samyak Samvad With Binu Pokhrel, ft.Prof. Dr. Yuwaraj Sangraula Eps#27

Описание к видео Samyak Samvad With Binu Pokhrel, ft.Prof. Dr. Yuwaraj Sangraula Eps#27

वैदेशिक रोजगार कति रहर कति बाध्यता ?
GUEST: Prof. Dr. Yuwaraj Sangraula
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
Dress : Bipu Collection
(Phone:9853175755)

भिडियो भित्र : नेपालीलाई वैदेशिक रोजगार रहर की बाध्यता ?
भन्ने प्रश्नमा सम्यक् संवाद गरेका छौं । With Binu pokhrel, ft.Prof. Dr. Yuwaraj Sangraula
प्रियजन हार्दिक नमस्कार
को को बसेर यो पड्काष्ट हेर्दै हुनुहुन्छ ? एक्लै होला होइन ? छोराछोरी नी ? विदेशमा ?अनि तपाईं ? विदेशमै हुनुहुन्छ ? ? तपाईंको श्रीमान् नी ? नेपालमै हुनुहुन्छ ? भो अरुलाई सोधिनँ । किन भने नि हरेक एक नेपाली परिवारिक विखण्डनको यहि चोट भोगिरहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार वर्क परमिट लिएर विदेशिन सुरु भएको २०५२ सालदेखि यता आजसम्म ६३ लाख नेपालीहरु विदेसिएका छन् ।
तर आफ््नै वरपर यस्तो समस्या देखेरै पनि विदेसिनेको शंख्या घटेको होइन अझै बढेको छ । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र नेपालको त्रिभुवन विमानस्थल भएर विदेशिनेको संख्या १६ लाख ३ हजार आठ सय ३६ छन् । त्यसमध्ये श्रम स्विकृति लिएरै जाने आठ लाख आठ हजार चार सय १५ जना छन् । अझै यसमा भारतको बाटो भएर र भारतमा नै मजदुरी गर्न जानेको संख्या जोडिएको छैन ।
यहि दरमा विदेशिने हो भने नेपालमा अबको पाँच वर्षमा युवाको संख्या नै शुन्य हुनेछ । किनकि २०७८ को जनगणना अनुसार तीन करोड जनसंख्यमा एक करोड २४ लाख जनसंख्या १६ देखि ४० वर्ष उमेरका छन् । त्यसमा झण्डै आधा त बाहिर नै हुनुहुन्छ । अनि यहि रफ्तारमा विदेशिने हो भने आउँदो पाँच देखि सात वर्ष भित्रमा नेपाल युवा नै नभएको देशमा गणना हुनेछ ।
अझ पश्चिम नेपालका दाङ, रोल्पा,जाजरकोट, रुकुम जस्ता जिल्लाहरुबाट ७० लाख देखि एककरोड सम्म ददाललाई बुझाएर तत्लोबाट अमेरिका जानेको लर्को देख्दा हन यो के हुन लागेको भनेर सोच्न बाध्य बनाउँछ ।
यो सत्य हो, रेमिट्यान्स त भित्रिएकोछ, तर मात्रै पैसा कमाउन युवा विदेसिदा घर परिवार, समाज, अनि देश युवा विहिन बन्दो छ, अनि मान्छे मर्दा लास उठाउने मान्छे पनि नहुँने, कमाउन गएका छोराछोरीको लास आउने, घरघरका बुढा आमाबुवा विमारी हुँदा अस्पताल लगिदिनेसम्म मान्छे नहुने जस्तो भौतिक भन्दा धेरै गुणा ठूलो मानसिक विछिप्तता भोगिरहेको छ अहिलेको नेपाली समाज ।
युवा विदेसिनको असर मान्छे देखि भूमिसम्म छ ।
किनकि आज ६८ प्रतिशत कृषिमा आधारित भनिएको जता रोप्यो उतै उब्जनी हुने देशको दश लाख ३० हजार हेक्टर जमिन बाँझो छ । यो भनेको खेति योग्य जमिनको ३३.प्रतिशत जमिन हो ।
जसको परिणाम आज नेपालले कुल बजेट झण्डै १९ खर्व बनाउँदा त्यो भन्दा धेरै १९ खर्व २० अर्व माथिकोे सामान आयात गर्छ । विहान उठेदेखि बेलुका सुत्नेसम्मका हरेक सामान आयात गर्ने अवस्थामा पुगेको नेपालको लागि देशमा युवा नै नहुँनु र मान्छे उठेदेखि रातमा सुत्नेसम्मका हरेक कुरा आयातमा भर पर्नु भित्रिएको रेमिटेन्स भन्दा धेरै ठूलो क्षति हो ।
भौतिक क्ष्ति त भयो नै पैसालाई मात्र केन्द्रमा राखेर दगुरेका हामीहरुले के के मानसिक क्षति भोगिरहेको छौं ? त्यसको अशर कहाँ कहाँसम्म छ? आखिर किन यस्तो भैरहेको छ ? के कुरा छैन नेपालमा या के कुरा छ विदेशमा र पढ्ने वित्तिकै उतै जान हतारिइरहेको छ युवा पुस्ता ?
यसरी कुदेको पुस्तालाई कसरी धैर्य, आनन्दित व्यक्ति बनाउन सकिन्छ भन्ने गहन विषयमा आज हामी सम्यक् संवाद गर्दैछौं । व्यक्ति,व्यक्तिकोे मन, परिवार,समाज हुँदै देशैको समस्यामा पुगिने विषेश संवादमा आज हामीसँग हुनुहुन्छ नेपालसरकारको पूर्व महान्याधिवक्ता प्रा. डा. युवराज संग्रौला । जो समाज विज्ञान देखि मानव शास्त्रसम्मको सुक्ष्म अध्येता र प्रखर वक्ता पनि हुनुहुन्छ ।
त्यसैले अउनुस् अब केहीक्षण उहाँको साथ रहेर मात्र पैसा केन्द्रमा राखेर निस्किएको युवाहरुको सोचमा बन्दै बिग्रदै गरेको आध्यात्मिक नेपालको चित्र पढौं ।

Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Комментарии

Информация по комментариям в разработке