सागाधावा भनेको के हो?

Описание к видео सागाधावा भनेको के हो?

सागाधावा भनेको के हो ?
त्रि-संयाेग दिवस र सागा धवा बारे सत्य तथ्य।
नमाे तस्स भगवताे अरहताे सम्मा सम्बुद्धस्स।
बुद्धं शरणं गच्छामि। धम्मं शरणं गच्छामि। संघं शरणं गच्छामि।।
मेरा शुभ चिन्तक, बौद्ध धर्मानुयायी र केहि जिज्ञासु मित्रहरुले अस्ति मात्रा बुद्ध जयन्ती मनाइ सकेकाे फेरि बुद्धकाे जन्म सागा धवामा भन्दैछ के हाे? सागा धवा भनेकाे के हाे र हामी नेपालीहरुलाई तिब्बतियन महिना लाद्नुकाे कारण के? भन्ने प्रशन धेरै भन्दा धेरै अाएकाे र कुनै कुनै उपासक उपासिकाहरुलाई भने लकडाउनकाे बेला परेकाे सागा धवा बाट लाभ कसरी लिन सकिन्छ भनि साेध्नेहरु बढ्दै गएकाेले सबैले यस बारे बुझ्न सकुन भन्ने हेतुले केहि शब्द लेख्ने जमर्काे गर्दैछु। यस बारे बुझ्न सहज हाेस भनि ३ वटा बुँदामा समेटिएकाे छु। (१) त्रि-संयाेग दिवस बारे सत्य तथ्य। (२) सागा धवा बारे। (३) लकडाउनकाे बेला परेकाे सागा धवा बाट कसरी लाभ लिने।
(१) केहि दिन अघि मात्रै हामीले त्रि-संयाेग दिवस ( बुद्धकाे जन्मा, ज्ञान लाभ र महापरिनिर्वाणलाई त्रि-संयाेग दिवस भनिन्छ) मा बुद्ध जयन्ती मनाएकाे बिर्सेकाे छैन, फेरि सागा धवा सँग जाेडेर त्रि-संयाेग दिवस भनि facebook काे भित्त भित्तमा देख्दा धेरै मनिसहरुकाे मनमा अस्ति भर्खरै बुद्ध जयन्ती मनाकाे फेरि अाउँदाे सागा धवामा बुद्धकाे जन्मा कसरी? भन्ने जिज्ञास नहुने कुरै भएन, भन्नेले प्रष्ट नभन्नु र लेख्नेले छुट्याएर नलेखेकाे परिणामस्वरुप भ्रममा परेकाे हुन सक्ने मेराे अनुमान रहेकाे छ तर मेराे अनुमान गलत पनि हुन सक्छ, अब यसरी बुझौं, हामी हिमालयन बाैद्धमार्गीहरुले सौर्य पात्राे र चन्द्र पात्राे दुई किसिमका पात्राे प्रयाेग गर्ने गर्छाैं, यि दुई पात्राे अ-अाफ्नाे तिथि मिति फरक हुन्छ तर हामीले त्याे थहा नहुँदा हमी अन्याेलमा पर्छौं, सौर्यपात्राे अनुसार त्रि-संयाेग अर्थात बुद्धकाे जन्मा, ज्ञान लाभ र महापरिनिर्वाण बैशाख महिना ( बैशाखपूर्णे) मा परेकाे थियाे भने चन्द्रपात्राे अनुसार सागा धवामा परेकाेले अ-अाफ्नाे पात्राे अनुसार बुद्ध जयन्ती मनाउने गर्दछन, बुद्धकाे जन्म दुई पटक नभइ पात्राे फरककाे कारण बुद्ध जयन्ती दुई पटक मनाउने गरेकाे बुझ्नु पर्छ। नेपाल, भारत, श्रीलंका, बर्मा, थाइलैंड, कंबाेडिय, लाअाेस लगायतका देशहरुले अस्ति बैशाख पूर्णिमा बुद्ध जयन्ती मनाइ सकेकाे हामी सबैलाई अवगतै छ। तर पनि चन्द्रपात्राे अनुसार सागा धवामा पनि मनाउने, यसरी दुई पटक बुद्ध जयन्ती मनाउने अवसर पाए पनि भ्रम भने हुनु हुँदैन जस्काे कारण बुझ्नु नितान्त अावश्यक छ, कुनैले इच्छा अनुसार एउटालाई मान्द पनि फरक भने पर्दैन तर सागा धवालाई जत्ति महत्व दिन्छ त्यत्तिनै बैशाख महिनालाई दिनु पर्छ भन्ने मेराे मान्यता हाे।

(२) सागा धवा भनेकाे के हाे र हामी नेपालीलाई तिब्बतियन महिन किन लाद्नु? भन्ने बरेमा "सागा" भनेकाे २७ नक्षत्रहरु मध्ये एककाे नाम हाे, "धवा" महिना हाे, पूर्णीमाकाे दिनमा जुन नक्षत्र उदाउछ त्यस महीनाकाे नाम त्यसै नक्षत्रकाे नाम बाट राख्ने खगाेलशास्त्रकाे बिधि पनि हाे, चन्द्र पात्राे अनुसार चौथाे महिनाकाे पूर्णीमामा "सागा नक्षत्रले राज गरेकाे कारण त्यस महिनाकाे नाम पनि सागा धवा रहेकाे भन्ने बुझ्नु पर्छ, बैशाख महिनाकाे नाम पनि त्यसरि नै हाे। हिन्दु पञ्चाङ्गमा यसरि उल्लेख पाइन्छ "पूर्णीमाका दिन चन्द्रमा जस नक्षत्रमा हुन्छ त्यसै अाधारमा महिनाहरुकाे नामकरण भएकाे हाे।" यसरि भन्दछ र बौद्ध धर्म ग्रन्थमा पूर्णीमाकाे व्याख्या यस्ताे पाईन्छ, वैदेहीपुत्र अजातशत्रु कार्तिक पूर्णीमाकाे दिन भगवान बुद्धकाे शरणमा पर्दा "श्रामण्यफलसूत्र" काे देशन गर्नु भएकाे थियाे, त्यस सूत्रकाे वर्णणमा पूर्णीमाकाे व्याख्या यसरि गरेकाे छ, " महिना पूर्ण हुने, ऋतु पूर्ण हुने अथवा वर्ष पूर्ण हुनेलाई "पूर्ण" भन्दछन्। "मा" भनेकाे चन्द्रमा हाे अत: चन्द्रमा पूर्ण भएकाे हुनाले पूर्णीमा भनिएकाे हाे।" समग्रमा सागा धवा भनेकाे चौथाे महिना हाे भनि बुझे पुग्छ, सागा धवालाई यत्ति महत्व किन भन्दा सागा धवामा त्रि-संयाेग परेकाेले "सागा धवा" लाई महत्व दिएकाे हाे अर्काे कारण छैन, जसकाे अर्काे नाम बुम् ग्युर धवा अर्थात कुशल अकुशल जे गरे पनि अरु दिनकाे तुलनामा लाखाैंगुुना बृद्धि हुने महिना भनेर ग्याल्वा कर्मापाले भन्नु भएकाे हाे भनि " चि रिग ग्युन्खाे ञेर्दुइ" मा उल्लेख गरेकाे छ, जसलाई सबैले एक रुपता दिएकाे छ, ग्याल्वा कर्मापा जस्ता गुरुकाे वचन सहि नहुने कुरै भएन, फेरि पनि मेराे मान्यता याे छ कि जुन ( त्रि-संयाेग) कारणले सागा धवालाई बुम् ग्युर् धवा भन्ने हाे भने त्याे कारण बैशाख महिनामा पनि पूरा भएकाे कारण हामीले बैशाख महिनालाई पनि उति नै महत्व दिनु पर्छ, किन भने नेपाल, भारत, श्रीलंका, बर्मा, थाईलैंड, कंबाेडिया, लाअाेस लगायतका देशहरुले त्रि-संयाेग बैशाख पूर्णेलाई मान्दछन। सागा धवामा त्यहि कारण बुम् ग्युर् हुन्छ भने त्यहि कारण पूरा भएकाे बैशाख महिना बुम् ग्युर् हुनेमा दुविधा नै रहेन। त्यसैले सागा धवाकाे खाेजिनिति गरेकाे जस्तै बैशाख महिनालाई पनि गर्नु हाेला भनि बौद्धमार्गीहरुमा विनम्र अाग्रह। अब लादेकाे भन्ने कुरा छ, ह ह लादेकाे जस्ताे त लाग्दैन, किन कि हामी हिमालयन बौद्धमार्गीहरुकाे जन्म देखि मृत्युपछि (जाेखना, पूजा ) अादि सबै काम चन्द्र पात्राे अनुसार गर्दै अाएकाले हाम्राे लागि नभै नहुने अङ्गकाे रुपमा रहि अाएकाेले लादेकाे भन्न चाहिँ अलि नमिल्ल कि?

Комментарии

Информация по комментариям в разработке