NAWADURGA JATTRA DHULIKHEL 2078

Описание к видео NAWADURGA JATTRA DHULIKHEL 2078

hello and namaste everyone hope you all are fine . today i am back with new video.
hope you enjoy the video and dont forget to share, subscribe my channel #ProRidersDhulikhel & press the bell🔔 icone for more entertaine video + ride video ... !!

धूलिखेल तथा नवदुर्गा जात्राको सम्बन्ध बारे

धूलिखेलमा नवदुर्गा नाच हरेक बर्ष फाल्गुन पूर्णिमा अर्थात रंगिबिरंगी पर्ब होलीको अघिल्लो सोमबारको दिन संचालन हुन्छ।नवदुर्गा नाचलाई नेवारी भाषा मा ङा : ल्याकेगु जात्रा भनिन्छ।यो नाच धूलिखेलको घोलिजु गुठी संस्थान द्वारा संचालन गरीदै आएको छ। नवदुर्गा नाच धुलिखेलमा निम्न कार्यअनुसार संचालन गरिन्छ जस अनुरुप सुरु सोमबारको दिनमा घोली गूठी मार्फत नवदुर्गा देब गणलाई धुलिखेल प्रवेशको लागि नया लुगा परिबर्तन गराउदै देबगणहरुलाई स्वागतको लागि पुजा विधि अर्पन साथ विभिन्न देबगनको नाच प्रस्तुती पश्चात् जात्रा आरम्भ गरिने छ। नवदुर्गा देब गणले स्थानिय बासिन्दा द्वारा धुलिखेल प्रबेश गर्ने क्रममा बाटोमा सेतो कपडामा हिडेर भक्तजन बाट उपलब्ध गराइएको किशिली ग्रहण गर्दै नगर प्रबेश गरिने छ। खड्गी समाज रहेको डबलीमा नवदुर्गा देबगणलाइ मु बहान (सुगुर)दिएर बिधिबध पुजा गरिने छ। चोछे टोलमा रहेको गणेश मन्दिरमा बिश्राम साथै स्थानिय द्वारा उपलब्ध पुजा देब गणलाई प्रदान गरिदै ,धुलिखेल उग्रचंदी भगवती मन्दिरमा नवदुर्गा देबगण द्वारा नृत्य प्रस्तुत गरिने छ। नारायाणस्थान मन्दिर लागायत बालकुमारी मन्दिर,वोकु गणेश टोल तथा हरिसिद्धि मन्दिर प्रागनमा नवदुर्गा देबगण द्वारा नृत्य प्रस्तुत तथा विश्राम गर्दै अन्त्यमा नवदुर्गा देबगण लगन डबलीमा विराजमान हुने परम्परा छ। सुरुको दिनमा रात्रीकालिन नाच सचालन रहेको छ जस अनुरुप भैरब नृत्य ,गण नृत्य ,कुमारी तुलेगु नृत्य ,पूर्ण गण नृत्य,गणेश नृत्य,ब्रह्मायानी,महेश्वोरी नृत्य,कुमारी नृत्य ,महाकाली नृत्य द्वारा समापन गरिन्छ। साथै दोश्रो मंगलबारको दिन सुरुमा धुलिखेल को स्थानिय विद्यालय द्वारा गणेश तथा सरस्वती देबीको पुजा गरेर जात्रा सुचारु गरिन्छ। उक्त दिन बाराही नाच,शिम्हा डुम्ह द्वारा धुलिखेलका स्थानिय सङ्ग दक्षिणा संकलन ,शिम्हा डुम्ह (ङा : ल्याकेगु जात्रा) माछा मार्ने (जात्राको क्रममा देबगन द्वारा भक्तजनहरुलाइ लखेतेर खेलिने एक प्रकारको खेल) ,महाकाली नाच ,श्वेत भैरबको वोधिबत पुजा तथा प्रवेश, ,श्वेत भैरब गातोकेगु नाच,श्वेत भैरब माछा मार्ने (ङा : ल्याकेगु जात्रा),श्वेत भैरब लुगा धुने तथा पेट दुख्ने नाच,मु बहान (सुँगुर) लाखात्ने जात्रा र अन्त्यमा धुलिखेल कोजु खल द्वारा उपलब्ध पुजा बिधि प्राप्त गरेपछि नवदुर्गा नाच समापन हुने गर्दछ। किवदंती अनुसार यो चाड १०० बर्ष अगाडि देखि नै संचालनमा आएको कुरा जानकारी छ।यस जात्रालाई धूलिखेल को मुख्य जात्राको रुपमा लीन सकिन्छ ।

👉FB page : Pro Riders Dhulikhel   / proridersdhulikhel  
insta- bishesh93
#ProRidersDhulikhel
#Ns200RidersNepal

Комментарии

Информация по комментариям в разработке