Shremadh Bhagvad Geeta all part in nepali श्रीमद्भगवतगीता सम्पुर्ण18अध्याय श्लोकार्थ Audio Book

Описание к видео Shremadh Bhagvad Geeta all part in nepali श्रीमद्भगवतगीता सम्पुर्ण18अध्याय श्लोकार्थ Audio Book

निदाएको व्यक्ति लाई बिउझाउन सकिन्छ तर निदाएको जस्तो गर्नेलाई सकिँदैन तसर्थ श्रीमद्भगवत गीता बिउझन चाहना गर्ने प्रति समर्पित गर्दछौं |✍
गीता विश्व-मनीषाको धरोहर हो । अतः यसलाई राष्ट्रीय शास्त्र जस्तो सम्मान दिएर ऊँच-नीच,जातीय भेदभाव र झगडाको परम्पराले पिरोलिएका विश्वका सम्पूर्ण जनतालाई शान्ति दिने प्रयास गर्नुहोस् ।

श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः ।
सोऽपि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ॥
श्रीमद्भगवत गीताजी को श्रद्धा पुर्वक श्रवण गर्नेले यस्तो फल प्राप्त गर्दछ भन्दै भगवान श्रीकृष्ण ले भन्नुहुन्छ ।
जुन मनुष्यले श्रद्धायुक्त र दोषरहित भएर यस गीताशास्त्रको श्रवण मात्र पनि गर्दछ, उसले पनि पापहरूदेखि मुक्त भएर उत्तम कर्म गर्नेहरूको श्रेष्ठ लोकलाई (स्वर्ग) प्राप्त गर्दछ । श्रीमद्भगवतगीता १८/७१
सत्य•~आत्मा नै 'सत्य' हो ।

सनातन•~आत्मा सनातन हो, परमात्मा 'सनातन' हो ।

सनातन धर्म•~परमात्मासँग भेट्ने क्रिया हो ।

युद्ध•~दैवी र आसुरी सम्पदाहरूको संघर्ष 'युद्ध' हो । यी अन्तःकरणका दुई प्रवृत्तिहरू हुन् । यी दुबैको अन्त्य परिणाम हो ।
युद्ध स्थान~ यो मानव शरीर र मनसहित इन्द्रियहरूको समूह 'युद्धस्थल' हो।
ज्ञान•~ परमात्माको प्रत्यक्ष जानकारी 'ज्ञान' हो
योग•~ संसारको संयोग-वियोगबाट रहित अव्यक्त ब्रह्मको मिलनको नाम 'योग' हो ।

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ।। (गीता, ९ / ३० )
अत्यन्त दुराचारीले पनि मेरो भजन गरेर चाँडै नै धर्मात्मा हुन्छ र सधैं रहिरहने शाश्वत शान्तिलाई प्राप्त गर्छ । अतः धर्मात्मा त्यो हो जो एक ईश्वरप्रति समर्पित छ र दुराचारीसमेतलाई भजनगर्ने अधिकार छ।

ईश्वरको निवास

ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।

भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया । (गीता, १८/६९)

ईश्वर सबै जगतप्राणीहरूको हृदयमा बस्नुहुन्छ।

तमेव शरणं गच्छ सर्वभावेन भारत । तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् । (गीता, १८ / ६२ )
सम्पूर्ण भावले त्यो एउटा परमात्माको शरणमा जाऊ । जसको कृपाले तिमी परमशान्ति, शाश्वत परमधाम प्राप्त गर्नेछौ ।

गीता मानव मात्रको धर्मशास्त्र हो ।

- महर्षि वेदव्यास

श्रीकृष्णकालीन महर्षि वेदव्यासभन्दा पहिले कुनै पनि शास्त्र पुस्तकको रूपमा उपलब्ध थिएन । श्रुतज्ञानको त्यस परम्परालाई समाप्त गर्दै वहाँले चार वेद, ब्रह्मसूत्र, महाभारत, भागवत र गीता जस्तो ग्रन्थहरूमा पूर्व सञ्चित भौतिक र आध्यात्मिक ज्ञानराशिलाई संकलन गरी आखीरमा आफैले निर्णय दिनुभयो गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः ।

या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता ।।

( म.भा., भीष्मपर्व अ० ४३ / १) गीता राम्ररी मनन गरेर हृदयमा धारण गर्ने योग्य छ, जुन पद्मनाभ भगवानको श्रीमुखबाट निस्केको वाणी हो भने अरु शास्त्रहरूको संग्रह गर्ने के आवश्यकता? गीताका सारांश यस श्लोकबाट प्रगट हुन्छ

एकं शास्त्रं देवकीपुत्र गीतम् एको देवो देवकीपुत्र एव । एको मंत्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा।।

अर्थात् एउटै शास्त्र छ जुन देवकीपुत्र भगवानले श्रीमुखबाट गाउनु भयो - गीता! प्राप्त गर्ने योग्य एउटै देउता छ । त्यस गीतमा जुन सत्य भनियो- आत्मा! आत्माबाहेक अरु केहि पनि सत्य छैन । त्यस गीतमा त्यो महायोगेश्वरले के जप्नको लागि भने ? - ओम् । अर्जुन! ओम् अक्षय परमात्माको नाउँ हो, त्यसको जप गर र ध्यान गर । एउटै धर्म छ- गीतामा वर्णन गरिएको परमदेव एउटा परमात्माको सेवा । वहाँलाई श्रद्धासाथ आफ्नो हृदयमा धारण गर। अतः शुरुदेखि नै गीता तपाईको शास्त्र रहिआएको छ । भगवान् श्रीकृष्णदेखि हजारौं वर्षपछि भएका महापुरुषहरूले एउटा ईश्वरलाई सत्य बताए, उनी गीता कै संदेशवाहक हुन्। ईश्वरसंग नै लौकिक र पारलौकिक सुखहरूको कामना गर्नु, ईश्वरसंग डराउनु, अरू कसैलाई ईश्वर न मान्नु यहाँसम्म त सबै महापुरुषहरूले भने; तर ईश्वरीय साधना, ईश्वरसम्मको बाटो पार गर्ने तथ्य कुरा मात्र गीतामा राम्ररी क्रमबद्ध ढंगले सुरक्षित छ । गीताबाट सुख शान्ति पाउनको साथै यसले अक्षय देवत्व पद पनि दिन्छ ।
वाचन~ (युवा पं धनश्याम रामानुज दास शास्त्री सन्दीप पौडेल)
यश श्रुति पुस्तिकामा वाचन गर्ने क्रममा कुनै त्रुटिभए अागामि दिन मा सुधार गर्ने आशिर्वाद प्रदान गर्नुहोला,र यस च्यानल लाई सस्क्राईब , लाईक , कमेन्ट, सेयर गर्न नभुल्नुहोला ©©©
(हरि ॐ तत्सत्)
In this audio book, we have present all the 18 chapter including 700 verses of shremad bhagvad geeta . Each verse is eased by narrating it in simple nepali language with its original meaning . Further more it also contains the verse in sanskrit language .Shreemad Bhagvad Geeta is one and only holybook with potential to get one out of te cycle of birth and death. It clears ones sins.In its 18th chapter and 71 verse it is clearly mentioned that " Any people who only recites Geeta with devotion he/she may get rid of each and every sins that he have done and thereby one became able to achieve superior world of heaven.
You can wake up a person who is sleeping but can't who pretend to be sleeping and Bhagvad Geeta is for those who wish to be awaken.
You may wonder but its true that father of todays science Great scientist Albert Einstein used to follow shreemad bhagvad Geeta. We therefore request all people to like, share, comment,and subscribe our channel.
Video is for religious educational purpose. Copyright disclaimer under section 107of copyright Act 2020. You may share this video for fair use.
Contact us via Gmail: [email protected]
THANKS FOR WATCHING. STAY CONECTED WITH @HAMRO_SANSKRI

Комментарии

Информация по комментариям в разработке