Dengue Awareness RallY Likhu Nuwakot (Public Health Office Nuwakot)Fight the Bite Beat Dengue Right.

Описание к видео Dengue Awareness RallY Likhu Nuwakot (Public Health Office Nuwakot)Fight the Bite Beat Dengue Right.

हाम्रो देश नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीको बिमारी पत्ता लागेको अभिलेख छ । त्यसपछि २००६, २००९ हुँदै अहिलेसम्म आइपुग्दा विभिन्न बर्षहरुमा यसको महामारी भै ठूलो धनजनको क्षति पुर्‍याएको छ । त्यसैले पनि डेंगी रोग यतिवेला नेपालको एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा परिचित छ । हालम्म सात वटै प्रदेशका सबै जिल्लाहरुमा यो रोगको संक्रमण विस्तार भएको देखिन्छ ।

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग एक अर्का व्यक्तिमा सर्छ । डेंगी संक्रमणमा परेको व्यक्तिलाई सो लामखुट्टेले टोकेपछि लामखुट्टे पनि संक्रमण पर्दछ र त्यसपछि सो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा भाइरस सजिलै स्वस्थ व्यक्तिमा सर्ने गर्दछ ।

यति मात्रै होइन संक्रमित एडीस जातको पोथी लामखुट्टेले पार्ने फूलबाट विकास हुने बयस्क लामखुट्टे समेत संक्रमित हुन्छ । त्यसले नेपालका सबै प्रदेशमा डेंगी संक्रमण फैलिन पुगेको हो । त्यसैले डेंगी बाहक एडीस लामखुट्टेको संक्रमण चक्र नष्ट गर्न जनसमुदाय सहितको अर्थपूर्ण एकीकृत अभियानको आबश्यकता पर्दछ । डेंगी रोगको खास उपचार नभएको हुँदा नियन्त्रण र रोकथामका लागि लामखुट्टे नियन्त्रण र यसको टोकाईबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्दछ ।

🔊डेंगी कसरी सर्दछ ? डेंगी सार्ने एडीस जातको लामखुट्टे कहाँ पाइन्छ ?

📢डेंगी संक्रमित एडीस जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ । यो लामखुट्टेको आयु १-३ महिना हुन्छ । डेंगीका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भइ स्वस्थ्य व्यक्तिमा रोग सार्न सक्दछ ।

📢यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन ।

📢डेंगी सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

📢यो लामखुट्टे ग्रामिण छेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले ससाना पानी जमेका स्थानमा फूल पर्दछ विशेषत टिनका डब्बा, थोत्रा टायर , खाली ड्रम, फूलदानी, गमला, पानीको टंकी दहीका बट्टा आदि जस्ता बर्षातको पानी जम्ने भाडा-कुडाहरुमा यसले फूल पर्दछ । शहरी क्षेत्रमा यस्ता बस्तुहरु प्रयाप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे शहरी क्षेत्रमा बढी पाइन्छ ।

 📢एडीस कालो रंगमा सेतो थोप्ला रहेको तथा टाटे-पाटे हुन्छ । यसले खासगरी दिउँसो टोक्ने गर्छ । धेरै दिनसम्म स्थिर रहेको सफा पानीमा फूल पर्छ ।

Комментарии

Информация по комментариям в разработке