कविता: खेल्नु पर्छ होली ।। छन्द: स्वागता ।। रचना: Ananta Kumar Basnet ।। वाचन: Aaradhya Paudel ।।

Описание к видео कविता: खेल्नु पर्छ होली ।। छन्द: स्वागता ।। रचना: Ananta Kumar Basnet ।। वाचन: Aaradhya Paudel ।।

हाेली पर्वकाे कविता वाचन मार्फत शुभकामना
=======================
कविता: खेल्नु पर्छ होली
छन्द: स्वागता
रचना: Ananta Kumar Basnet
वाचन: Aaradhya Paudel
==========ॐॐ========
चैत्रको छ महिना वसुधामा
लाल लाल छ अतीव उषामा
आउँदै छ सविता रङ घोली
खेल्नु पर्छ रङको मृदु होली ।१।
मन्द मन्द छ समीर धरामा
छर्छ वास वनमा पहरामा
दम्भका कलुष चादर खोली
खेल्नु पर्छ अब सुन्दर होली ।२।
मस्तले मृदुल ढोल बजाई
चित्तका मयल दाग हटाई
भर्नु पर्छ सुखका नव झोली
खेल्नु पर्छ सुभगा अब होली ।३।
दैनिकी छ अहिले अलि साम्य
शुष्क छिन् अवनि छैन जलाम्य
भिज्नु पर्छ सलवार र चोली
खेल्नु पर्छ मजले अब होली ।४।
चौदिशातिर पुलुक्क निहारी
मस्तिका रङ भरी पिचकारी
हान्नु पर्छ मधु प्रेमिल गोली
खेल्नु पर्छ चपला शुभ होली ।५।
मित्रसाथ उभिएर सभामा
रम्नु पर्छ दिउँसो कवितामा
जिन्दगी सफर के छ र भोलि ?
खेल्नु पर्छ सखिया अब होली ।६।
==============================

Комментарии

Информация по комментариям в разработке