Dudhkundali Taal Cycling Jumla , Basnet Vaskar

Описание к видео Dudhkundali Taal Cycling Jumla , Basnet Vaskar

दुनै :  डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर सम्भाबना रहेका छन जो धेरैजसो ओझेलमा नै रहेका छन । नेपालका ठुला हिमाल मध्यको काञ्जिरुवा हिमाल समेत डोल्पामा पर्दछ ।
अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुदाहुदैपनि पर्यटकले चिन्न र अबलोकन गर्न भने पाएका छैनन । कोरोना भाईरसको कारण सयौ दिन देखि देश लकडाउनमा रहेको छ । लकडाउनकै बिचमा एक साईकल यात्रिले डोल्पाका पर्यटकीय क्षेत्रको खोजी गरिरहेका छन । साईकलमा धेरै अनुभब बटुलेका साईकल यात्रि रामचन्द्र बस्नेत (भाष्कर)ले ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको खोजी गरि रहेका छन । जुम्ला र डोल्पाको सिमानाको जगदुल्लामा पर्ने दुधकुण्डली ताल पर्यटकीय क्षेत्रको ठुलो सम्भाबना रहेको ताल हो । जहाबाट ६ हजार मिटर भन्दा ठुला आधा दर्जन हिमालले घेरिएको लाम्चो आकारको ताल हाल तिर्थस्थलका रुपमा मात्रै चिनिने गरेको साईकल यात्रि भाष्कर सुनाउछन ।


साईकल यात्रि रामचन्द्र बस्नेत भाष्कर

उनि भन्छन एकै ठाँउमा राक्षस दह,अगुल्टे दह लगायत आधा दर्जन ताल पनि छन तर ति तालहरु हेर्नको लागि कुनै किसिमका पहल भएका छैनन । तिनै तालबाट झरेका सयौ मिटर अग्ला झरना पनि छन । निकै ठुलो चुनौतिका बिच पनि रामचन्द्र बस्नेत (भाष्कर)ले साईकलमा यात्रा गरेर पर्यटकीय क्षेत्रको खोजी र प्रचारप्रशार गरि रहेका छन । भाष्करले यस भन्दा पहिला पनि फोक्सुण्डो तालमा साईकल यात्रा गरि पर्यटकीय क्षेत्रको प्रचारप्रशार गरेका थिए। रामचन्द्र बस्नेत (भाष्कर)ले साईकलमा दुधकुण्डली तालमा साईकलमा यात्रा गरेपछि गाँउपालिकाले आफनो गूरु योजनामा समेत पर्यटकीय क्षेत्र बनाउने गरि समाबेश गरिएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
रोकायाले भने गाँउपालिकाबाट दुधकुण्डली ताल सम्म केबलकार बाट पर्यटक जाने योजना राखिएको र माता तिर्थालुहरुका लागि बिशेष तिर्थस्थल बनाउने लक्ष्य लिएको दावी गरे । साईकल यात्रि रामचन्द्र बस्नेत (भाष्कर)ले डोल्पामा मात्रै नभएर नेपालका धेरै जिल्लामा साईकल यात्रा गरेर पर्यटीय क्षेत्रको प्रचारप्रशार र खोजी गरिरहेका छन ।

Комментарии

Информация по комментариям в разработке