विष्णुहरि पौडेल॥म॥मन्दाक्रान्ता छन्द॥कविता वाचन Nepali Poem Chhanda Kabita Mandakranta

Описание к видео विष्णुहरि पौडेल॥म॥मन्दाक्रान्ता छन्द॥कविता वाचन Nepali Poem Chhanda Kabita Mandakranta

विष्णुहरि पौडेल॥म॥मन्दाक्रान्ता छन्द॥कविता वाचन Nepali Poem Chhanda Kabita Mandakranta
#mandakrantaChhandaPoem #NepaliKabitaBachan #छन्दकवितावाचनमन्दाक्रान्ता

Mera chhandaka panaharu
युट्युव साहित्यिक च्यानल मेरा छन्दका पानाहरू मा
हजुरहरूलाई स - हृदय सु - स्वागतम् यो च्यानलमा हामी
छन्दमा रचियका रचनाहरू वाचन प्रस्तुतिका रुपमा
हजुरहरूमाझ पस्किने जमर्को गरि रहनेछौं हजुरहरूको
आफ्नै च्यानल हो मेरा छन्दका पानाहरू नाम भएता पनि
यहाँ हजुरका पानाहरू पनि जोडिदै जानेछन् ।

यहाँ सम्म आउनु भएकोमा स - हृदय आभार फेरिपनि
र भिडियो अन्त सम्म स्किप नगरेर हेरिसुनि सके पछि
जस्तोलाग्यो त्यस्तै क्रिया प्रतिक्रिया अनि सर सल्लाह सुझाव दिन नबिर्सिनु होला  हजुरहरूको साथ सहयोगको
अत्यन्तै खाँचो पर्छ मलाई केही सिक्न र अगाडि बढ्न
मद्दत गर्नुहुनेछ भन्ने पुर्ण आशा लिएकोछु ।

विधा - कविता
छन्द - मन्दाक्रान्ता
शीर्षक - राम्रो म
रचयिता - विष्णुहरि पौडेल
वाचन प्रस्तुति
तारा बिष्ट छन्दार्पण

राम्रो म

(छन्द:मन्दाक्रान्ता)

घोक्थें मैले सुझबुझ विना बेसरी वर्णमाला।।
चाखेथें चड्कन किन नहुन् लाल राताम्य गाला।
तल्थोप्ले,डा-डु ज,झ,घ झन् लेख्न खोज्दा नबन्ने।
जानें मैले झटपट घोक्थेंविना कष्ट राम्रो ‘म’ भन्ने।१।
*
आफै राम्रो म छु  यदि भने हुन्छ यो छुद्र आँट।
छाला राम्रो छ कि मन दुबैदेखि बेग्लै ललाट।
अर्को छुट्टै म छ असलमा हैन यो सर्वनाम।
तेस्रो लिङ्गी म छ जुन चिने भेट्दछन् दिव्य धाम।२।
*
भाले पोथी सबसित खुबै मिल्छ यो वर्ण खास।
हाम्रो भित्री मन मगजमा नित्य यस्कै निवास।
राम्रो लाग्ने चिज जति सबै माग्छ देऊ म-लाई। 
साह्रै स्वार्थी तमिज छ ‘म’को दिन्न काँटी सलाई।३।
*
फुर्ती, ढाँचा अति छ यसको गर्छ आफैं मपाईं।
कैल्यै चा-हन्न हित अरुको के भनोस् खै तपाईं।
जे जे सप्र्यो जस लिन ‘गरें’भन्छ संपूर्ण मैले।
बिग्रे भत्के जति सब कुरा ‘यो गरिस्’ भन्छ तैंले।४।
*
ज्यादै मातेपछि प्रगतिमा बेसरी हान्छ लात।
राजा जस्तो ’म’जति ठुलियोस् ज्यानको बन्छ दास।
आफू भोग्दै-न रस,विषको स्वाद मीठो नमीठो।
बूढो बन्दा पनि मन ठिटो पार्छ खाएर पीठो।५।
*
पासो हाली जिउन जिउकै पर्छ यो बाहुपाश।
निद्रा पर्दा पनि धुकधुकी भर्छ फेरेर सास।
साथी आत्मी-य छ म कुरुवा हो पुगे ब्रह्म-नाल।
आत्मा भन्ने म पुरुष सँधै देहको राख्छ ख्याल।६।
*
देख्तैनौं ना-क मुख, हलुका हुन्छ या बोझ भारी।
योगी दिन्छन् परिचय ‘म’ यो सत्व हो निर्विकारी।
मायामा मग्-न मन-वशमा मोहको वृत्त चित्र।
सोSहं भन्ने म पुरुष महान् हुन्छ राखे पवित्र।७।
*
कालो मैलो म-सित घुलिए स्वार्थको कुञ्ज हुन्छ।
बेदागी निर्-मल म छ भने ज्योतिको पुञ्ज बन्छ।
मान्छन् ब्रह्मर्षि यदि म चिने मिल्छ संपूर्ण ज्ञान।
देही मर्दै-न म अमर भै पुग्छ यो दिव्य धाम।८।
*
यौटै राम्रो म छ किन कुनै देख्छ आफू र अर्को ?
छोटो मोटो परिचय सुनी विज्ञले मान्छ झर्को।
मैले चिन्नै सकिन ’कखरा’ मा पढेको म-लाई।
ब्रह्मात्मा व्यञ्जन ‘म’ नचिनी हुन्न हाम्रो भलाइ।९।
*
खोटी होलान् कतिपय खुबै रूपवान् आलिसान।
यौटै आत्मा ‘म’ हर-घटमा बस्छ देदीप्यमान।
जोख्छन् सद्दे कमसल भनी लाग्छ गुन्दा उदेक।
माझौं भित्री मगज र चिनौं सूक्ष्म राम्रो ’म’ एक।१०।
*
-विष्णुहरि पौडेल
२०८०कार्तिक-२१,काठमाडौं।
***

   • मेनका छन्द॥प्रेम आस्था॥रमेश भट्टराई॥न...  

   • वनचरी॥शार्दूलविक्रीडित॥छन्द कविता वाच...  

   • शिखरिणी छन्द कविता॥आत्माराम न्यौपाने॥...  

पन्ध्रौं कोसेली
   • ॐ॥शार्दूलविक्रीडित छन्द॥चन्द्रप्रसाद ...  

चौधौं कोसेली
   • दिक्पाल छन्द॥कविता वाचन॥लक्ष्मीप्रसाद...  

तेह्रौं कोसेली
   • वसन्ततिलका छन्द॥तिहार॥छन्द कविता वाचन...  

बाह्रौं
   • शुभ तिहार॥शार्दूलविक्रीडित छन्द॥छन्द ...  

एघारौं
   • Chhanda Rachana Bachan Madira Chhanda...  

   • अनुष्टुप छन्द॥छन्द कविता वाचन॥के हुँद...  

   • तोटक छन्द॥नेपाली छन्द कविता वाचन॥कवित...  

   • मालिनी छन्द॥छन्द कविता वाचन॥गजबको छ म...  

   • लोकलय झ्याउरे छन्द॥नेपाली कविता॥कविता...  

   • पञ्चचामर छन्द कविता॥नेपाली छन्द कविता...  
तारा बिष्ट छन्दार्पण
भिडियो हेर्नू भएकोमा धन्यवाद !

Комментарии

Информация по комментариям в разработке