मेयर हर्क साम्पाङ विदेशिंदाको भाव"सुम्निमा परुहंग को पैसा लिएर जान्छ भन्नेलाई ठुलो जवाफ

Описание к видео मेयर हर्क साम्पाङ विदेशिंदाको भाव"सुम्निमा परुहंग को पैसा लिएर जान्छ भन्नेलाई ठुलो जवाफ

©New Entertainment Channel

विदेशिंदाको भाव" हिजो जस्तो लाग्छ सन २००८ मा इराक अनि त्यस पछिका धेरै बर्ष खाडीमूलुकका अनेकन एयर्पोर्ट हुँदै अफ्घानिस्तान कन्दाहार सम्मको त्यो यात्रा ! रोजगारीको सिल्सिलामा मरुभूमिमा युद्ध ग्रस्त क्षेत्रमा काम गर्दाको त्यो पलको सम्झना आज यो लगेज मिलाउँदै गर्दाको दृष्यले ताजा गरायो ! गह भरिएको छ ! रोएको छैन तर ! मैले आफ्नो परिवार र देशलाई त्यतिका बर्ष टाढा राखेर बाँच्दा म कैयौं चोटि मरेको थिएँ ! मेरो जीवनको अर्थ नभेट्दा सम्मको ती सालहरु मेरा लागि अनविज्ञताको अँध्यारो जस्तो थियो ! छाती भरी पीडा बोकेर बाँचेको एउटा पर्देशीलाई मैले भन्न खोजेको शब्दले पक्कै छोला ! त्यो यात्रा एउटा सानो भुसुनाको यात्रा थियो आफ्नो आहाराको लागि कतै उडेको जस्तो ! न मलाई कसैले चिन्दथे ! न कसैले सोध्दथे ! धेरै चोटि एयर्पोर्टमा रोक्किएँ कति चोटि अनाहकमा एयर्पोरटबाट फर्कनु पर्यो मैले ! दु:ख कति पाइयो ठक्कर कति खाइयो यात्राको क्रममा भनेर साध्य छैन ! तर यसपालिको विदेश यात्रा अलि फरक खाल्को हुँदैछ मेरो ! सुन्छु धेरैले कुरेर बसेका छन रे मलाई ! मलाई देख्न र भेट्न पर्खेर बस्ने ती मनहरुलाई धन्यवाद ! इराक र अफ्घानिस्तानमा रोजीरोटी खोज्दै भौतारिंदा मैले आफैलाई भेटेको मेरो वास्तविक अस्तित्व भेटेको त्यो दिन बिर्संदिन ! रोजीरोटी रोज्दै विदेशिएको एउटा हराएको पर्देशीले धेरै बर्षको सोचाइ र भोगाइ पछि आफैलाई भेटेँ ! म कोहुँ र म किन केका लागि जन्में भन्ने थाहा भयो बेचिएको मजदुर एउटा भेडा जस्तै विश्व श्रम बजारमा बेचिए पछि ! विदेशीको पेलाइमा काममा घोटिंदाको त्यो पल ! म को हुँ भन्ने कुराको बोध भयो ! म भित्र स्वाभिमान जिवितै थियो त्यसैले यो देश बनाउने कशम खाएर काम छोडी स्वदेश फर्केर आफैलाई सुम्पेर निस्केको एउटा अप्त्यारिलो मान्छे मेरो जीवनको औचित्य त्यस पछि भेटें मैले ! यो माटोको मायाले आज मलाई सबैको प्रिय बनाइदिएको छ ! झोला उस्तै छ बाटो त्यही हो तर यात्रा फरक छ यो मेरो ! हिजो एउटा सानो सोच्ले म विदेशिएको थिएँ म र मेरो परिवार मात्रै थियो उद्देश्य तर यो यात्रा देशको लागि हो ! नितान्त मेरो देश म, मेरो संस्कृति र मेरो सभ्यताको लागि हो ! हिजो मेरो कोही आलोचना गर्दैनथे तर विरोध र आलोचना निक्कै हुनेगर्छ अहिले मेरो ! मलाई लाग्छ मैले केही बृहत् काम गरिरहेकोछु त्यसैले केही मानिसहरु मेरा अलोचना र विरोध गरिरहेकाछन ! एउटा असल गन्तव्यमा पुग्नलाई असल र सुरक्षित बाटो तय गर्नै पर्छ ! त्यही यात्राको रुपमा लिएको छु यो यात्रालाई मैले ! तर, आफ्नो देश छोडेर केही दिनकै लागि मात्रै जानु पर्दा पनि हावाले सोधे जस्तो " कहिले फर्कने ?" खोलानालाले सोधे जस्तो "कहिले फर्कने?" वनजङ्गल र ढुङ्गामाटोले सोधे जस्तो "कहिले फर्कने?" श्रमदान अभियानले सोधे जस्तो "कहिले फर्कने?" कार्यालयले सोधे जस्तो "कहिले फर्कने?" यो देशले सोधे जस्तो "कहिले फर्कने?" हो म छिट्टै फर्कन्छु तर एक्लै फर्कंदिन मेरो दाजुभाइहरुलाई पनि यही माटोमा फर्काउने उद्घोस गरेर मात्रै फर्कन्छु ! हो म अवश्य फर्कन्छु ! तर म एक्लै फर्कंदिन ! तर म अव्वश्य फर्कन्छु ! हामी अवश्य फर्कनेछौँ !
9849505882 kaman singh rai yamphu

यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

#newentertainmentchannel
मेयर हर्क साम्पाङ विदेशिंदाको भाव"
सुम्निमा परुहंग को पैसा लिएर जान्छ भन्नेलाई ठुलो जवाफ
दु:ख कति पाइयो ठक्कर कति खाइयो यात्राको क्रममा
खाने पानि मन्त्री लाई यो गाग्री दिन्छु


NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ

Комментарии

Информация по комментариям в разработке