युमा साम्यो तुम्याङ्हाङ तङ्सिङ मुन्धुम नु खाजोङ! भाग-२

Описание к видео युमा साम्यो तुम्याङ्हाङ तङ्सिङ मुन्धुम नु खाजोङ! भाग-२

याक्थुङ लिम्बुहरुको युमा धर्मको धर्मा ग्रन्थ मुन्धुम अनुसार मुन्धुम मध्ये सृष्टिवर्णन (तङ्सिङ मुन्धुम) सबैभन्दा महत्त्वपूर्ण मुन्धुम हो । तङ्सिङ मुन्धुम भनेको सृष्टिवर्णन मुन्धुम “विश्वब्रह्माण्डको उत्पत्ति र वनस्पति, जलचर, थलचर (पशु-पन्छी) तथा मान्छेको सृष्टिको आदिम इतिहासको आख्यान” हो । पहिले यो मुन्धुम ७ दिन ७ रात सम्म चल्दथ्यो भने अहिले तीन दिन तीन रात सम्मको तङ्सिङ केहिले मात्र गर्न सक्छन भने एक राति तङ्सिङनै गिरन्दै आएका छन। तङ्सिङ मुन्धुममा गायन गरिने सृष्टिवर्णन अनुसार सुरुमा महाशून्य या महारिक्तता मात्रै थियो अरु केही पनि थिएनन् । यो महाशून्यमा तागेरा निङ्वाफु युमा माङ आफ्नै ईच्छाले प्रकट भए । अनि तागेरा निङ्वाफु युमा माङले सृष्टिको सुरु गर्छन् । तर, तागेरा निङ्वाफु युमा माङले सम्पूर्ण सृष्टि गर्दैनन् । तागेरा निङ्वाफु युमा माङले ब्रह्माण्ड, जून, घाम, तारा, नक्षत्रहरू, शुक्र तारा, समुन्द्र, आगो, वायु, पृथ्वीसम्म बनाउँछन् । त्यसपछि आफ्नो पोरोक्मि यम्भामिबालाई बाँकी कार्यभार सुम्पिन्छ्न् । पृथ्वी रित्तो हुन्छ । त्यो रित्तो पृथ्वीमा पोरोक्मिबा यम्भामिबाले पहाडपर्वत, वनजंगल, नदीनाला, थलचर, जलचर, पशु-पन्छी, फूलफलेदो, किटपतङ सबैसबै बनाउँछ । पोरोक्मिबाले नै मान्छे पनि बनाउँछ । तागेरा निङ्वाफु युमा माङले प्रदान गरेको ज्ञानकै आधारमा पोरोक्मिबाले सृष्टिको बाँकी कार्यभार पूरा गर्छन् ।
यसरि शुन्यता देखि अहिले सम्मको ब्रहमाण्ड र संसारिक पद्दतिको कथाको सारनै तङ्सिङ मुन्धुम हो। तङ्सिङ मुन्धुम तागेरा निङ्वाफु युमा माङको देन अनुसार भइ आएको सम्पूर्णको वर्णन हो। यो अनुष्ठान दुःख वा शुख दुवैमा तागेरा निङ्वाफु युमा माङलाई सम्झेर उंहाको सृष्टि रचनावारे वर्णन गरिन्छ।

Комментарии

Информация по комментариям в разработке