Nepali Sermon Series | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

Описание к видео Nepali Sermon Series | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

Nepali Sermon Series: Seeking True Faith | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले देखा परेर काम गर्नुभएको छ, अनि यस क्रममा उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र न्यायको काम गरिरहनुभएको छ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने सबै सम्प्रदायका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन् र यो परमेश्‍वरको आवाज हो, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने पहिचान गरेका छन्। आनन्दले भरिएर, तिनीहरू उहाँको सिंहासन अघि फर्किआएका छन् र उहाँको सिंहासनअघि उठाइलगिएका छन्, र तिनीहरूले अहिले थुमाको विवाह-भोजमा सहभागिता जनाउँदैछन्। यसले प्रभु येशूका यी अगमवाणीहरूलाई पूरा गर्छ: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)। तैपनि, परमेश्‍वरको आवाज सुन्‍ने अलिकति पनि प्रयास नगरिकन धेरै जना मानिसहरू अझै पनि प्रभु बादलमा आउनुहुनेछ भन्‍ने बाइबलका वचनहरूमा नै लागिरहेका छन्। परिणाम स्वरूप, तिनीहरूले प्रभुलाई स्वागत गर्ने मौका गुमाएका छन्, विपत्तिहरूमा परेर गुनासो, बिलौना गरिरहेका छन्, र दाह्रा किटिरहेका छन्। त्यसकारण, किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।

कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

Комментарии

Информация по комментариям в разработке