पिडितहरूको दुखेसो सुन्न जीटीए चीफ अनित थापा लाल कोठीमा बस्नु पर्छ : विवेक तामाङ

Описание к видео पिडितहरूको दुखेसो सुन्न जीटीए चीफ अनित थापा लाल कोठीमा बस्नु पर्छ : विवेक तामाङ

क्षति ग्रस्त क्षेत्रहरूको निरक्षण गर्न हाम्रो पार्टीको टोली पूग्यो घटना स्थलमा। खरसाङ महकुमा अन्तर्गत पर्ने महानदीमा गत दिन पैह्रोले 6 वटा घरहरू क्षति ग्रस्त बनाएका छन।पैह्रो पिडितहरू अहिले किराय घरमा बस्न बाध्य भएका छन।हाम्रो पार्टी खरसाङ महकुमा समिति अध्यक्ष विवेक तामाङको नेतृत्व पार्टीको प्रतिनिधि टोली घटना स्थलमा पूग्यो अनि स्थानीय गाउँलेहरू लगायत पिडितहरूसंग कुराकानी गरयो।यसै संदर्भमा महकुमा समिति अध्यक्ष विवेक तामाङले बताए अनुसार गत दिन रोडमा पैह्रो गएको कारणले गर्दा 6 वटा घरहरू क्षति ग्रस्त भएको छ। पैह्रोको निरक्षण र पिडित परिवारहरूसंग दुख साझा गर्न हामी यहा आएका हौ। पैह्रो राष्ट्रीय मार्ग 55 मा गएको पैह्रोले घरहरूको क्षति ग्रस्त भएको हो।स्थानीय गाउँलेहरू लगायत हाम्रो पनि सम्बंधित विभागीय अधिकारीहरू समक्ष अनुरोध छ, अब उसो राष्ट्रीय मार्ग 55 को जीर्णद्वार होस अथवा निर्माण कार्य जे पनि होस स्थानीय ठेकादारहरूलाई होइन राम्रो कम्पनीद्वारा जीणद्वार गरी दिने अध्यक्ष तामाङले अनुरोध गरयो। यस भन्दा अधि पनि यस प्रकारको घटना घटी सकेको स्थानीय गाउलेहरूले आफुहरूलाई जनाई सकेको तिनले बताए।गत दिन केही अधिदेखि मुसलधारे पानी परेको कारण्ले गर्दा पहाडको रोहिनी, तकदाह आदि जस्ता विभिन्न क्षेत्रहरूमा पैह्रो झर्दै आई रहेको खबर छ,यस्ता विषयहरूलाई जीटीएले विशेष ध्यान दिनु जरूरी छ अनि सम्र्पूण पहाडबासीहरूको अपिल पनि छ। यस समय अति नै महत्व पूर्ण समय भएकोले जीटीए चीफ अनित थापा दाजु जीटीए मुख्यलय लाल कोठीमा बसी दिएको राम्रो हुनेछ।पहाडको कुनै पनि ठाउँहरूमा पैह्रो आदि जस्ता घटनाहरू घटेको खण्डमा पिडितहरूले साथै क्षेत्रिया सभासदहरूले तपाईसंग सोझो रूपमा सम्पर्क गर्न पावोस अध्यक्ष तामाङले अनुरोध गरयो। तिनले अधि भने आज हामी केवल तारपोलिङ लिएर आएका छौ अनि हामी लिएको तारपोलिङ यहाको समाजिक संस्थालाई सोम्पिएका छौ।हाम्रो पार्टीले जहिले पनि दुखको घडीमा खडा भएको हुन्छ। पैह्रो पिडित 6 वटा घरको परिवारहरू मध्ये पाँच परिवारहरू किराय घरमा बस्दैछ भन्ने सुन्नमा आएको छ ती पिडित परिवारहरूको निम्ति हामी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग कुराकानी गर्ने छौ किन भने अहिलेसम्म जीटीएद्वारा कुनै प्रकारको सहयोग नपाएको हामीले सुन्नमा पाएका छौ अध्यक्ष विवेक तामाङले भने।हाम्रो पार्टी सत्ताधारी पार्टी होइन तर हामी जे जति सहयोग गर्न सक्छौ त्यो हामी गर्ने छौ अध्यक्ष विवेक छेत्रीले भने।स्थानीय समाजिक संस्थाले तारपोलिङको निम्ति हाम्रो पार्टीप्रति आभार जनाए।

Комментарии

Информация по комментариям в разработке