चिमखोला भूमेपूजा २०७७ || Traditional Magar Culture || Chimkhola Bhumepuja 2077 || Mandali Puja ||

Описание к видео चिमखोला भूमेपूजा २०७७ || Traditional Magar Culture || Chimkhola Bhumepuja 2077 || Mandali Puja ||

#Chimkhola_Bhumepuja_2077
परापुर्व काल देखी मान्दै आएको मगरहरुको प्रकृती पुजक चिमखोला भूमेपूजा साथै तप्तेवेरा भुमे र मण्डली वजै पूजा हरेक वर्ष चैत्र महिनाको उजेली मंगलवार पुज्ने गर्दछन। भूमेपूजाको दिनमा ताप्तेवेरा भुमे लाई पनी सगै पूजा गरिन्छ र ताप्तेवेरा भुमे लाई सिवा लगाए पश्चात धन आय आर्जन र गाँउको रक्षा हुने जनविश्वास रही आएको समाज सेवी लक्षुमण पुन वताउछन।
साँर भुमे लाई पूजा गरे पछी असिना पानी जोगाई दिने र अनास पानीको सह राखी दिने समाज सेवी डेग वहादुर पुन वताउनु हुन्छ। भुमे देवता लाई खुशी पार्न भुमे भुमेनी लाई जाँड (छ्यांङ) चढाउने र उपस्थित सम्पुर्ण दर्शनार्थी पाहुन वर्गहरु लाई पर्सादीको रुपमा छ्यांङ खुवाएर स्वागत सम्मान गर्ने र वेलुका पख छेमा समुहहरु संग एक आपसमा कालो मोसो लगाई रमाईलो गर्ने पुर्खा देखीको मगर प्रचलन रही आएको छ।

पुन मगरहरु को वस्ती ले भरी भराउ चिमखोला गाँउ म्याग्दी जिल्लाको सदरमुकाम वेनी देखी १३ कोष उत्तरी भेगमा अवस्थित साविकको चिमखोला गा.वि.स हाल रघुगंगा गाँउपालिका वडा न. ७ मा पर्दछ। समुन्द्र सतह देखी २१०० मिटरको उचाईमा रहेको यो गाँउमा ३०३ घरधुरी र १,३०० जनसंख्या रहेको छ।
चिमखोला गाँउ पुग्न वेनी देखी गाडीमा २ घण्टा मा पुग्न सकिन्छ। लाहुरेको गाँउ भनेर चिनिने याँहाको कला साँस्कृती को खानी भनेर पनी चिनिने गर्दछ। चिमखोला गाँउ थाली नाच र चोयाको दोको मण्डली वजैको थान भूमेपूजा याहाँको प्रकृतिक सम्पदा र मुख्य पहिचान र विशेष्टा हो। शिक्षा क्षेत्रमा निकै अगादी रहेको यो गाँउमा अमार माध्यमिक विधालया रहेको छ। याँहाको मुख्या पेशा कृषी र वैदेशिक रोजगारीमा निरभर छन।

साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी Dhani Lal Garbuja Youtube channel लाई Subscribe गरी Like,Comment र Bell icon लाई थिची Share गरिदिनु होला। धन्यवाद
मेरो Youtube Channel Links_    / @dlgmagar5157  
Follow us on: Facebook
  / dhanilal.garbuja  
Contact me email: [email protected]

यस च्यानलमा रहेका Video हरु अनुमति विना Copy Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित प्रचलित ऐन कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।

Комментарии

Информация по комментариям в разработке