अमेरिकाको राष्ट्रपति कसरी चुनिन्छन, बुझौं यसरी Donalad Trump President Election Subash Karki

Описание к видео अमेरिकाको राष्ट्रपति कसरी चुनिन्छन, बुझौं यसरी Donalad Trump President Election Subash Karki

अमेरिकाको राष्ट्रपति पदको चुनाव पद्धति संसारकै जटिल मध्येको मानिने गरिन्छ, जटिल भनिएकैले धेरैले बुझ्ने प्रयास नै गर्दैनन । लाखौं अमेरिकी मतदाताहरूले समेत आफैले दिएको भोटले कसरी राष्ट्रपति चुनिन्छन भन्ने पत्तो पाउदैनन भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन । सामान्य भाषामा भन्दा यसपालीको चुनावमा डोनाल्ड ट्रम्पले बाजी मारेका छन । पपुलर र इलेक्ट्रोल भोट दुबैमा ट्रम्प हावी भएका छन । तर अमेरिकामा धेरै भोट आउदैमा राष्ट्रपति बन्न सकिदैन । अघिल्लो पाली ट्रम्प राष्ट्रपति हुदा प्रतिद्वंद्वी हिलारी क्विन्टनको ३० लाख भोट बढी आएको थियो । जर्ज डब्लु बुस राष्ट्रपति हुदा प्रतिद्वंद्वी भन्दा ५ लाख भोट कम थियो । अनि अर्को पक्ष चाही यो चुनावबाट चुनिएका जनप्रतिनिधिले एउटै उम्मेदवारलाइ भोट दिनुपर्छ भन्ने बाध्यता हुन्न, यघपी अब ट्रम्प राष्ट्रपति नहोलान त भन्ने संभावना भने व्यावहारिक रूपमा असंभव प्राय हो । तर अौपचारिक व्यवस्था अनुसार चाही डिसेम्बरसम्म कुर्नै पर्ने हुन्छ ।
यो जटिल भनिएको प्रणालीबारे नेपाली भाषामा जानकारी दिने प्रयासमा म पूर्ण सफल नहुन सक्छु, किनकी जो कोहीले सजिलै मेसो पाइहाल्ने भए यो प्रणालीलाइ जटिल भनिदैन नै थियो । तै पनि सबैलाइ सबै कुरा प्रष्ट पार्न नसकिए पनि अमेरिकी राष्ट्रपति निर्वाचन सम्वन्धि यसअघि थाहा नपाइएका कतिपय कुरा भेउ पाइयो होला भन्ने मेरो विश्वास हो । तपाइहरूको यसबारे रूचि र सल्लाह-सुझाव अनि प्रतिकृया कालागि धेरै धन्यवाद 🙏
एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधारण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ । खासमा मौसम,हावापानी,प्राकृतिक प्रकोपकाबारे जानकारी मूलक सामग्री बनाउने मेरो रूचि हो । सन् २०२५ को आरभ्भसंगै ति विषयबारे धेरै भिडियो सामग्री बनाउने लक्ष्य छ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद

Комментарии

Информация по комментариям в разработке