सुनुवार जातिको चण्डी नाच || Chandi dance of the Sunuwar caste in Nepla | 2080

Описание к видео सुनुवार जातिको चण्डी नाच || Chandi dance of the Sunuwar caste in Nepla | 2080

२३ वैशाख, रामेछाप । प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन उमाकुण्ड गाउँपालिकाको प्रितीमा लाग्दै आएको चण्डी नाचमा यो वर्ष चार सय बढी पशुको बलि दिइएको छ । शनिवार उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित चण्डी थानमा लागेको भव्य जात्रामा २५ वटा राँगा, १५० बढी बोका र ३ सय बढी भालेको बली चढाइएको वडा नं ५ पिर्तीका टेकबहादुर सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो वर्ष अलि घटेको हो । भव्य मेलाका बिच भाकल र परम्परा अनुसार बलिदिइने चलन छ ।’

#ramechhaptimes #sunuwar #dance


यहाँ वडा नं ४ र ५ का सुनुवार जातिको विशेष पर्वको रूपमा चण्डी नाच्ने चलन चली आएका छ । यो वर्ष अन्य जातीको पनि दिवली परेकाले मेला भर्ना आउनेको सङ्ख्या भने निकै घटेको सुनुवारले सुनाए ।




जिल्लाका विभिन्न गाउँ,टोलमा अहिले कार्की, बस्नेत लगायतको समुदायमा दिवालीको माहौल तातेको छ । यी समुदायहरूले ३–३ वर्षको अन्तरालमा दिवाली गर्दै आएका छन् । टेकबहादुर सुनुवारका अनुसार यो वर्ष २ हजार बढीले चण्डी नाचको मेला अवलोकन गरेको दाबी गरिएको छ । गत वर्ष ८÷१० हजार बढी मेला भर्ना पुग्थे ।



पुजारी सन्तले सुनुवार र विर्खबहादुर सुनुवारले विशेष पूजा अर्चना गरी शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गर्दछन् । केही दिनको घरदैलो पूजापछि एक दिन लाग्ने मेलाबाट यो वर्ष १२ देखि १५ हजार भेटी सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए ।


Ramechhap Times YouTube Channel मा जोडिन subscribe गर्नुहोस् Subscribe garna link ma Click गर्नुहोस् ।    / @ramechhaptimes255  
Website: ramechhaptimes.com
E-mail: [email protected]
Email " [email protected]
twitter.com/MilanBk
www.facebook.com/ghimimiremilan2018
www.facebook.com/ghimiremilan2018
MILAN GHIMIRE
From Ramechhap Nepal
All video mostly do first
यस Channel बाट प्रकाशित, प्रसारित कुनै पनि भिडिय, फोटो,अडियो कपि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाहरी गरिने छ ।

Комментарии

Информация по комментариям в разработке