Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X

Описание к видео Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X

सप्रसंग व्याख्या गर्नुहोस्:-
“आपद-विपद जहीं पनि छ । हो, हुरीले बिगार्यो, तर अब सबै ठीक बनाइहाल्छौं, कुनै नसकिने काम होइन त्यति गर्नु ।“
उत्तर- उल्लेखित गद्यांश कथाकार इन्द्रबहादुर राईद्वारा लिखित ‘रातभरि हुरी चल्यो' नामक कथाबाट उद्धृत गरिएको हो । उक्त गद्यांशमा एक रात आएको हुरी-बताससँगै यस कथाकी भुक्तभोगी पात्रा कालेकी आमाको मनमा उब्जिएका विभिन्न विचारहरूको तथा मानसिक द्वन्द्वरूपी हुरी चलेको प्रसंग छ ।
गाउँ-बस्तीमा दिन-रात हुरी-बतास औ पानीको संकट झेल्नु पर्दा कालेकी आमाले दिक्क मान्छिन्। बस्तीमा खेतीपाती गरेर जीवन यापन गर्ने आफूले गरेको निर्णयप्रति पछुतो मान्छिन् अनि आफ्नो घर, बारी, काठ-पात, गाइ-वस्तु सबै बेचेर फेरि बजारमा नै बसाईं सर्ने निर्णय गर्छिन् ।तर भोलि बिहान दूध बाढने जाने क्रममा कालेकी आमाले पी.बी. गुरूङकी पत्नी रात्रीको हावा-पानीमा बिरालो खोज्न जाँदा चप्पल चिप्लेर लडनाले मृत्यु भएको कुरा सुन्छिन् । यो घटनाबारे सुनेपछि उसले सोच्न थाल्छिन् कि प्राकृतिक आपद- विपद त जहीं पनि आउँदो रहेछ- चाहे गाउँ होस्- चाहे शहर- कोही पनि अक्षुण्ण छैन रहेछ । आखिर रात्रीको हुरी- बतासले हाम्रो त के नै पो बिगार्यो? अलिअलि बिगारेको त हामी बनाउन सक्छौं । कमसेकम हाम्रो ज्यान त बाँचेको छ।  यसरी कालेकी आमाले जीवनप्रति सकारात्मक सोच लिँदै फेरि गाउँ-बस्तीमा नै बसेर आफ्नो घर बारी स्याहार्ने निर्णय लिएको कुरा निहित छ उल्लेखित गद्यांशमा।

कथा विश्लेषण तथा सम्भावित प्रश्नहरूका लागि निम्न भिडियो हेर्नुहोस्:-
   • Raat Bhari Huri Chalyo(रातभरि हुरी चल...  
   • Raat Bhari Huri Chalyo.... Possible Q...  

Комментарии

Информация по комментариям в разработке