|Real estate|रोपनिको 8 लाख मात्र | काठमाडौ जिल्ला, जर्सिङपौवा नाङ्लेभारमा जग्गा बिक्रीमा

Описание к видео |Real estate|रोपनिको 8 लाख मात्र | काठमाडौ जिल्ला, जर्सिङपौवा नाङ्लेभारमा जग्गा बिक्रीमा

join our facebook group
  / 258896472092886  
#ghar #jagga #group
#real #estate #nepal
#sastojagga #landatkathmandu #landatlalitpur #landatbhaktapur
this group is for them who are willing to sell & buy properties in valley areas . Please keep decency in this group and respect each other's point of view . No slang & rough words will be tolerate at all . lastly I wish you a very good for your dream property
जग्गा किन्नुअघि ध्यान दिनुपर्ने पक्ष
घर बनाउन सामान्यतया कम्तीमा पनि साढे २ आना जग्गा आवश्यक पर्छ । खोलाबाट २० मिटर तथा विद्युत् प्रसारण लाइनभन्दा सकेसम्म टाढा भएको जग्गामा मात्र घर बनाउनुपर्छ ।
वास्तुको दृष्टिकोणबाट सामान्यतया उत्तर वा पूर्व फर्किएको जग्गा राम्रो मानिने भए पनि काठमाडौंको सन्दर्भमा दक्षिण वा पूर्व फर्किएको जग्गा उपयुक्त हुन्छ ।
जग्गाको मोहोडा न्यूनतम १८ फीटको हुनुपर्छ । मोहोडा ठूलो भएमा धेरै प्रकारका डिजाइनमा घर निर्माण गर्न सकिन्छ । तर, ठूलो मोहोडा हुँदा एउटा घाटा पनि हुन सक्छ । ठूलो मोहोडा भएको जग्गा बाटोमा जान सक्छ ।
जग्गालाई छुने बाटो कम्तीमा 13/10 फीटको हुनुपर्छ । त्यस्तै, जग्गा सकेसम्म बाटोको समान सतहमा हुनुपर्छ । बाटोको भन्दा जग्गाको सतह कम भएमा त्यसले घरको लागत बढाउँछ ।
सकेसम्म चारपाटे आकारको जग्गा भएमा पूर्णरूपमा घरका लागि सदुपयोग हुन्छ । त्रिकोणात्मक आकारको जग्गा हुँदा पुरै सदुपयोग गर्न सकिँदैन र भनेअनुसारको डिजाइनमा तयार गर्न पनि सकिँदैन ।
ढलको सुविधा भएको वा भविष्यमा ढल निकासा हुने जग्गा किन्ने गर्नुपर्छ ।
घर बनाउन ग्राभेलयुक्त माटो राम्रो हुन्छ । धेरै कालो भएको माटोले जग्गाको पानी सञ्चित गरेर राख्ने भएकाले जाडो वा गर्मी मौसममा त्यस्तो जग्गामा बनेको संरचनामा प्रतिकूल असर पर्न सक्छ ।
भिरालो ठाउँको जग्गाको माटो स्थिर नहुने हुँदा त्यसले घरको भार नथाम्न सक्छ । यस्ता जग्गामा पहिरोको जोखीमसमेत हुन्छ । साथै, घर बनाउँदा लागत बढाउँछ ।
साधारण दुई तलासम्मको घर बनाउन माटो परीक्षण गर्नु अत्यावश्यक नभए पनि जग्गामा दह, चिरा परेको वा अन्य कुनै असामान्य अवस्था भएमा भने प्राविधिकलाई देखाउनुपर्छ ।
अपनाउनुपर्ने सावधानी
सबैभन्दा पहिला नक्सामा कित्ता नम्बर मिलाउनुपर्छ । तपाईंलाई देखाएको जग्गा र कित्ता नम्बर एकै हो कि होइन भनेर पक्का हुनुपर्छ ।
जग्गा किन्नहोस् या बेच्नहोस्, एजेण्टको सम्पर्कमा नआई किनबेच गर्न सक्ने वातावरण अहिलेसम्म सृजना भएको छैन । कसैले मानिस चिनेको भरमा किनबेच गराए पनि उनीहरू पनि एजेण्टकै रूपमा काम गरिरहेका हुन्छन् । एजेण्टहरूले घरजग्गा किन्ने र बेच्ने दुवै पक्षबाट थोरै थोरै कमिशन लिन्छन् । उनीहरूले लिने कमिशन कानून दायराभित्र पनि पर्दैन । त्यसैले, उनीहरू मौका मिल्यो भने जो कसैलाई कुनै पनि बेला फसाउन सक्छन् । जो सबैभन्दा बढी एजेण्टको मात्र विश्वास गर्छ, उसैलाई फसाएका उदाहरण धेरै छन् ।
नापीनक्सा, कित्ताकाट, नम्बरी, प्रति कस्तो जग्गा हो, सिम, चहार, गुठी, रैकर, मोहि लागेको हो कि, अदालती कारबाही चलिरहेको छ कि भन्ने विषयमा निश्चित हुनुहोस् ।

#gharjaggagroup​ #land_for_sale​ #House_for_sale​ #realestatenepal​ #gharjagganepal​ #housesforsale​ #hamrobazar​ #Gharghaderi​ #GhaderiBikrima​ #GharBikrima​ #house​ #Homes​ #RENT​ #BUY​ #SELL​ #Apartments​ ​ #Gharjagga​ #propertyinnepal​ #kathmandu #lalitpur #bhaktapur

Комментарии

Информация по комментариям в разработке