रसिया र युक्रेनको लडाईमा ज्यान गुमाउनु भएको 😭आदरणीय दाइ रन्जित गुरुङ्गको यो गित सुनेर झन मनै थामेन!😭

Описание к видео रसिया र युक्रेनको लडाईमा ज्यान गुमाउनु भएको 😭आदरणीय दाइ रन्जित गुरुङ्गको यो गित सुनेर झन मनै थामेन!😭

सबैमा नमस्कार म दानु गुरुङ्गको तर्फ बाट🙏🙏❤️🇳🇵

करिब ७/८ महिना अघि रुस र युक्रेनको लडाईमा हुम्मियको आदरणीय दाइ हामी एउटै मुलको पानी खाएर हुर्केको मेरो गाउले दाई भुपु नेपाल आर्मी तथा लोक दोहोरी गायक सबैको प्यारो मान्छे मलाई अत्यान्तै माया गर्नुहुने सहयोगी भवाना भएको रन्जित गुरुङ्ग दाईको केही दिन अघि लडाईमा परि मृत्यु 😭भएको खबरले अत्यान्तै दुखी छु !

केही दिन अघि मात्रै युटुबको बारेमा केही सल्लाह सुझाव पनि दिनु भाएको थियो ! उहाकै युटुब बाट पनि रसियामा तोरि सागको बारेमा भलाग पनि बनाएर गुन्द्रुक सादेर भात शीत खान्छु भाई अचेल बजार जान पाको छैन कुनै दिन बजार लग्यो भने चामल किनेर ल्याउछु गुन्द्रुक शीत भात खान्छु 😭भन्दै रमाईलो रमाईलो गफ गर्नु हुन्थ्यो बेला बेला गित पनि गायर सुनाउनु हुन्थ्यो ! भाग र भोग्यको कुरा भन्नू कि नेपाली भएर जन्मनु अभिसाप😭 भयो भन्नू कलिलै उमेरमा साना- साना छोराछोरी लाई टुहुरो😭 बनाएर जानू भो छोरिले झनै बाबा भनेर चिन्न समेत पाएको थिन सायद !😭😭 मान्छे जन्मे पछि मर्नु पर्छ सर्बबेतितै छ तर आफ्नै भुमिमा मर्न पाए उमेर छौन्जेल बाच्न पाए अझै कति रमाईलो गारिन्थ्यो होला दाई 😭 हिलेखर्क मेलामा तपाईले गाउदा हामी नाचेको धेरैमा भेट्दा खुशी सातेको कहिले भुल्न सकुला दाइ!😭😭

नेपालमा रोजगारी शून्य छ कतै रोजगारि पाईहाले पनि उचित कमाई छैन त्यसैले पनि नेपाल आर्मीको जागिर छोडी दुबैमा सेक्रेटरी काम गर्नु भो तेस पस्चात पनि दुबै छोडी रसिया आर्मिमा जानू भो धन कमाउने रहर परिवार लाई सुख दिने रहरले आज उहाले आफ्नै प्राण त्याग गर्नु परेको छ! यसरी नै नेपालमा अझै पनि रोजकारी नपाईने हो र उचित पारिश्रमिक नपाईने हो भने नेपाली जन्ता लाज ढाक्ने कपडा भोको पेट चुहिने छानोको लागि कयौं नेपालीले आफ्नो ज्यानको आहुती दिन पर्ने देखिन्छ ! नेपाल सरकरको यश बारे गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ! सधै सत्ताको लागि मरिहत्ते गर्ने नेपाल र नेपालीको अस्तित्व नजोगाउने हो भने नेपाली राजनीतिको पनि सधै अस्तित्व रहिरहला भन्न सकिन्न! जे होस रन्जित गुरुङ दाईको आत्माले शान्ति पावस🙏🙏 😭बैकुण्ठ बास होस्🙏🙏 😭😭उहाको परिवार गाउँ छिमेकी सबैमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गुरुन🙏🙏!!😭😭❤️

Комментарии

Информация по комментариям в разработке