कालेबुङमा सांसद राजु विष्टले के भने - हेर्नुहोस्, गोर्खा च्यानलको क्यामेराबाट

Описание к видео कालेबुङमा सांसद राजु विष्टले के भने - हेर्नुहोस्, गोर्खा च्यानलको क्यामेराबाट

कालेबुङ, 13 जूनः
दार्जीलिङ लोकसभा सीटबाट सांसद निर्वाचित भएपछि प्रथमपल्ट आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आएका राजु विष्टले बिहीबार कालेबुङको भ्रमण गर्दै यहाँ उनले सर्वदलीय बैठकमा गरे। बैठकमा दार्जीलिङ विधायक निरज जिम्बा अनि कालेबुङ विधायिका सरिता राई पनि उपस्थित थिए। बैठकमा भारतीय जनता पार्टी लगायत गोर्खा जनमुक्ति मोर्चा विमल खेमा, गोरामुमो, क्रामाकपा, अभागोली लगायतका गठबन्धनका घटक दलका प्रतिनिधि लगायत कालेबुङ कृषक कल्याण संगठन जस्ता सहयोगी सामाजिक संगठनका प्रतिनिधिहरूले पनि भाग लिएका थिए।
अल पार्टी मिटिङमा सहभागी हुने प्रतिनिधिहरूमा भाजपाबाट जिल्ला अध्यक्ष मनोज देवान, कालेबुङ टाउन संयोजिका अन्नापूर्ण चतुर्वेदी, जिल्ला युवा मुख्य संयोजक तोप्देन भूटिया आदि उपस्थित थिए भने गोजमुमो विमल गुरूङ खेमाबाट कालेबुङ जिल्ला संयोजक तथा पूर्व सभासद् डा. आरबी भुजेल, पूर्व सभासद्हरू कल्याण देवान, सीपी पौड्याल, गोपाल रूचाल अनि चन्द्र योञ्जन आदि उपस्थित थिए। गठबन्धनका अर्को प्रमुख दल गोरामुमोबाट डीके राई, सेवास्टिन प्रधान, छिरीङ शेर्पा अपस्थित थिए भने क्रामाकपाबाट आञ्चलिक सभापति किशोर प्रधान, विक्रम छेत्री, सुधन प्रधान अनि अभागोलीबाट महासचिव प्रताप खाती, कालेबुङ कृषक संगठनबाट महासचिव विष्णु छेत्री आदि उपस्थित रहेका थिए।

Комментарии

Информация по комментариям в разработке