शेर आउँने मुहान I Karun Thapa I गजल I महफिल I मिर्जा गालिब I Sahayatra TV

Описание к видео शेर आउँने मुहान I Karun Thapa I गजल I महफिल I मिर्जा गालिब I Sahayatra TV

शेर आउँने मुहान I Karun Thapa I गजल I महफिल I मिर्जा गालिब I Sahayatra TV

गजलकार करूण थापाकाे गजल यहाँहरूकाे लागि लिएर आएकाे छु । मन परेमा Like, Comment, Share & Subscribe गर्न नभुल्नु हाेला ।

उर्दू भाषाका महान गजलकार मिर्जा बेग असदूल्लाह खान (मिर्जा गालिब)को जन्मजयन्तीको अवसर पारेर ‘महफिल–ए–काव्य उपासना’ले विशेष महफिल सम्पन्न गरेको छ । गालिबको जन्म सन् १७९६ डिसेम्बर २७ तारिखका दिन भएको हो ।बुधबार भक्तपुर कौशलटारस्थित रिडर्सहवको संयोजनमा सम्पन्न गालिब जयन्तीमा उपस्थित कवि तथा गजलकारहरूले उर्दूका कवि तथा गजलकार गालिबको सम्झना गर्दै गजल वाचन गरे । विगत ११ वर्षदेखि महफिलले गालिबको सम्झना गर्दै आएको छ ।महफिलका संयोजक गजलकार प्रा.डा. सनतकुमार वस्तीले गालिबको अर्थ विजेता भएको अथ्र्याउँदै गालिबको काव्यले सधैँ सबैको मन जितेको बताए । उनले गजलको चर्चा चल्नासाथ तिनले गालिबलाई सम्झिने बताए । उनले गालिबको गजलका केही शेरहरू गुनगुनाएका थिए ।नेपाल उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गालिबका गजलकारिताबारे चर्चा गरे । उनले गालिबका बारेमा बोल्नु सूर्यका अगाडि दियो बाल्नु भएको बताउँदै उनलाई आफ्नो लेखन क्षमता थाहा रहेको बताए । उनको गजलमा जिन्दगीका दर्शन अथाह पाइने उनले उल्लेख गरे । वफाले भने, “गालिब ठूलो परिवारका व्यक्ति भए पनि उनले जीवनमा अधिक आर्थिक तङ्गी व्यहोर्नु पर्यो । जुन उनको गजलका शेरहरूबाटै हामीले थाहा पाउँछौँ ।” उनले थपे “गालिबमा तत्काल गजल रचना गर्ने असीमित क्षमता थियो । उनले बहादुर शाह जफरको दरबारमा सम्पन्न मुसायरामा गजल वाचन गर्दा हेर्दै गरेको कागज त्यहीँ छोडिदिए । पछि जब अरूले त्यो कागज पल्टाएर हेरे, त्यसमा केही लेखिएको थिएन । त्यसैबाट गालिबको क्षमता प्रकट हुन्छ ।”साहित्यकार तथा सिनेकर्मी प्रकाश सायमीले गालिबले प्रारम्भमा पर्सियन भाषामा कविता र गजल लेखेको भन्दै पछि उनले उर्दू भाषामा गजल लेख्न सुरु गरेको बताए । उनले गालिबको युगमा गजलकारहरूबीच प्रतिश्पर्धा रहेको उल्लेख गरे । महफिलमा कैलाशसिंह ठकुरी, करुण थापा, शान्ति शर्मा, रवि प्राञ्जल, रमेश रसिक पौडेल, जीत कार्की, मानन्धर अभागीलगायतले गजल वाचन गरे ।उक्तअवसरमा शास्त्रीय गायक मनमोहन थपलिया र सुशीलकुमार श्रेष्ठले गालिबको गजलसहित अन्य गजलहरू गाएर सुनाएका थिए ।
#गजल
#करूणथापा
#sahayatratv

Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.

Contact: [email protected]
Faebook Page:   / ghayaltv  

सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: [email protected]

फेसबुक पेज:   / ghayaltv  

Music Credit to:    • Copy right free Nepali music Fulako T...  

Комментарии

Информация по комментариям в разработке