तररर चुहाएर पसिना छन्द शिखरिणी नेपाली छन्द कविता रचना र वाचन कवि ज्योतिषी तारानाथ भण्डारी जय साहित्य

Описание к видео तररर चुहाएर पसिना छन्द शिखरिणी नेपाली छन्द कविता रचना र वाचन कवि ज्योतिषी तारानाथ भण्डारी जय साहित्य

#पसिना_शिखरिणी_तारानाथभण्डारी_नेपाली_छन्द_कविता_नेपाली_साहित्य
समस्यापूर्ति :-सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना
रचनाकार ;- तारानाथ भण्डारी,पाल्पा दर्पुक,स्थाइ बसाइँ रूपन्देही नेपाल ।
शीर्षक ;- पसिना
छन्द ;- शिखरिणी
लक्षण ;- iss sss iii iis sii is

मुमाले भन्नुन्थ्यो तरुण सुत हे फर्क घरमा
यतै सानो केही इलम गर आफ्नै मुलुकमा ।
बुबाले आर्जेको अलिकति थियो त्यै जमिनमा
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।। १ ।।

जुटाए पुर्खाले दुखसित स्वदेशी मुलुक यो
यसैलाई हामी प्रमुदित बनाऔं चहकिलो ।
पखाली ती मैला भ्रमितमनका भेद मसिना
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।। २ ।।

रुँदा आफ्नै टिष्टा टुलुटुलु चहार्छन् नयनले
गरूँ के लौ भन्द्यौ जनकतनया हे करुणिमे ।
फलोस् खेती भन्दै मलजल थपी कङ्कड बिना
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।। ३ ।।

धनी बन्थ्यौं हामी श्रमसित यहीँ खट्न सकिदा
भयौं अल्छी धेरै परमुलुकको आश गरिँदा ।
छ यो रूखो माटो मलजल दिई छर्नु छ पिना
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।। ४ ।।

उनै नेपालीझैँ भइकन मरौं शानसितले
सुसंस्कारी बन्दै जिउँनु छ यहाँ उच्चशिरले ।
भिराला पाखामा समतल बनाएर गतिला
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।।५ ।।

म हाम्रै झण्डाको अनि अवनिको राख्छु गरिमा
म हिन्दूको छोरो पशुपति-उमा छन् हृदयमा ।
तपस्याको बाटो रुचिकर बनाएर मनमा
सधैं खन्थ्यौं बारी तररर चुहाएर पसिना ।। ६ ।।

जय साहित्य

Комментарии

Информация по комментариям в разработке