१२ भैरब नृत्य ll Nepal Tourism Board || Lakeside Pokhara || २०७९ पौष १७ गते आइतबार ||

Описание к видео १२ भैरब नृत्य ll Nepal Tourism Board || Lakeside Pokhara || २०७९ पौष १७ गते आइतबार ||

१२ भैरब पोखराको ऐतिहासिक नृत्य हो l यसमा तन्त्र सिद्ध गराई १२ देवगणको ख्वापा लगाई नृत्य प्रदर्शन गरिन्छ l १२ देवगण मध्ये भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, बैष्णबी, ब्रह्मायणी, महेश्वरी, गणेश, डाकिनी, भुत्चा र कवांचा रहेको छ l इतिहास नै खोताल्ने हो भने पनि २०० -३०० वर्ष देखिको दस्तावेजहरु प्राप्त भएको छ l यो नाच गुरुशिक्षा प्रणाली अनुसार प्रशिक्षण तथा प्रदर्शन हुने गर्दछ l यस नाच संचालन गर्न गुरु, नायो, १२ भैरब कलाकार, रागी, तथा बद्यबाधक आवश्यक पर्दछ l
हामी हाम्रो पुर्खाहरु तथा अग्रजहरुलाई यो नाच हालसम्म पनि जोगाइ राखेकोमा धन्यबाद दिनैपर्ने हुन्छ l पहिले-पहिले साहुमहाजनको सहयोग तथा ब्यबस्थापनमा नृत्य प्रदर्शन हुने गर्दथे l बिस्तारै नाच प्रदर्शन गर्न समितिको आवश्यक ठानेर २०२९ सालमा मात्र समिति गठन भएको हो l यस संस्था गठन गर्नुको मुख्य कारण नाच नियमित नाच प्रदर्शन गर्नु र कोषको ब्यबस्थापन गर्नु हो, जो हाल सम्पनि त्यसै गारी कार्य भै राखेको छ l पहिले पहिले १२ बर्षमा हुने भने पनि यसको आफ्नै नियम रहेको थियो भन्ने हामी हाम्रो अग्रजहरुबाट सुन्दै आएका छौ l पहिले पहिले हरेक १२ बर्ष भित्र भैरब मन्दिरबाट मग-मग गोकुल धुपको सुगन्ध आउन सुरु भै नायोको घर (भैरबको माइतीघर)मा पनि सुगन्ध आउने गर्दथियो र त्यसको जानकारी गुरुलाइ गराई नृत्य प्रदर्शनको लागि तयारि कार्य शुरु हुने गर्दथे l यदि बेवास्ता गरेमा भुत्चा र कवंगचाले नृत्य कलाकारहरुलाई सपनामा आई भैरब मन्दिर पछाडी ठुलो आगोको मुस्लो देखाइ अजिब अजीबको आवाजले कराउने, लखेट्ने आदि गरि दुख दिने गर्दथियो भन्ने भनाइ छ l एस्तो किम्बदन्तीहरु अझै पनि भैरब समितिका अग्रज अजाहरुले सुनाउने गर्नुहुन्छ l त्यसैले गर्दा पहिले पहिले को तथ्यांक हेर्दा कहिले ३ बर्ष, कहिले ४ त कहिले ८ वर्ष मा पनि निस्किएको हामी पाउछौ l त्यसरी नै १२ भैरबलाई सपरुको दिनमा डालोमा राखी डोली बनाइ माइतीघर लाग्ने र प्रदर्शनको दिन नयाँ रंगरोगन सहित ख्व्पाल्यल्ह्या गराई भैरब मन्दिरल ल्याउने चलन लोप भै सकेको छ l
१२ भैरब नृत्य परम्परागत रुपमा तान्त्रिक बिधि अनुसार जगाएर प्रदर्शन गरिने नृत्य हो l त्यसैले धेरै नियमहरु हुन्छ, नियमहरु एक एक पालना गर्नै पर्ने हुन्छ र कति कुराहरु त गोप्य पनि राख्नु पर्ने पनि हुन्छ l अहिले हामी सामाजिक संजालमा यो गरेन त्यो गरेन भनि लेखेको देख्दछौ, कति कुराहरु सहि भए पनि नबुझी लाख्नेहरुको जमात पछिल्लो क्रममा धेरै देखिएको छ l धेरैले समितिले यो गरेन त्यो गरेन लेखेको देख्दा दिक्क्क लागेको छ l कोरोनको प्रकोपको कारण २०७७ सालमै निकाल्नु पर्ने नृत्य २०७९ सालमा निस्कदै छ l समितिले गर्ने भनेको भैरब नृत्य प्रदर्शनको निर्णय हो जुन गरिसक्यो, हामी सबैले धन्यबाद दिनै पर्छ l अब गर्नु पर्ने भनेको हामी नित्य कलाकार, बद्यबाधक, रागी सबै मिलेर सबैलाई सहयोग गर्ने हो l यो बर्ष धेरै गाह्रो देखेको छ, किनभने रागी कलाकारहरुको उमेर धेरै भै सकेको, राग संग बाद्यबादन मिलाउन सक्ने बद्यबाधकहरु कमि र देबगण र तान्त्रिक नृत्यको मर्म नबुझी भाइरल हुन आउनेहरुको भिड निकै देखियो l हामी सामाजिक प्राणि हौ हामीलाई कति कुराहरुमा चित्त नबुझ्न सक्छ, चित्त नबुझेमा सुझाब दिनु परे भैरब समितिको सचिबालय भैरब मन्दिरमा नै रहेको छ र त्यहाँ लिखित सुझावहरु दिए राम्रो पनि हुने र समितिका बैठकमा पनि प्रस्तुत भै छिटो निर्णय पनि हुने थियो l यस अघिको नृत्य प्रदर्शनको क्रममा पनि सबै भैरब सदस्यहरु मिलेर सब्य र भब्य रुपमा प्रदर्शन भएकै हो l अहिले पनि सबै मिलेर भब्य रुपमा नै प्रदर्शन गरौ, सबैलाइ हाम्रो एकता तथा भाईचाराको उत्तम नमुना भएर देखाउ l दोष नलगाउ हातेमालो गरौ, १२ भैरबले सबैको कल्याण गरुन रक्षा गरुन l
जय भैरब l

12 Bhairab Naach ("Bhairava's Dance") is an ancient masked dance performed by Newa community of Nepal. It was originated in Bhaktapur and brought to Pokhara while migrating. It was brought more than 300 years ago. It is performed every 6 years in Pokhara. The raag (song) in this dance indicates that it was started at the time of last Malla King of Bhaktapur, Ranajit Malla.

There are 12 deities in this dance, namely Bhairab, Kali (Budi Bhairab), Indrayani, Barahi, Kumari, Bishnuvi (Vaishnavi), Bramhayani (Brahmani), Maheswori(Gangaju) and Ganesh, Dagini (Dakini), Kwangcha & Bhuccha. Bhairab leads and conducts the dance.
#BhairabDance #NepaleseCulture #12Bhairab

For more details
Facebook Page: https://bit.ly/2NxaWnQ
Facebook Group: https://bit.ly/2NxaWnQ
Youtube Channel : https://bit.ly/2NEXMVT

WATCH Bhairab Dance ▶https://bit.ly/2A5UI1Y
WATCH Lakhey Dance ▶ https://bit.ly/2BJntlL

Комментарии

Информация по комментариям в разработке