'यूनिक मल्टी एग्रो'मा अर्ग्यानिक खानासँगै होमस्टेको पनि सुविधा || Unique Multi Agro Tanahu

Описание к видео 'यूनिक मल्टी एग्रो'मा अर्ग्यानिक खानासँगै होमस्टेको पनि सुविधा || Unique Multi Agro Tanahu

तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं १० मिनाम खानीमा अवस्थित 'यूनिक मल्टी एग्रो प्रालि' वि सं २०७५ सालबाट शुरू भएको कृषि फार्म हो। 'यूनिक ग्रूप' द्वारा संचालित यस एग्रोका संचालक हरि खड्का र उहाँका भाईहरू रुद्र खड्का र प्रकाश खड्का हुनुहुन्छ। यस ग्रुपले वि.सं २०६७ सालमा तनहुँ जिल्लामै पहिलो डिपार्टमेन्टल स्टोर्स 'यूनिक डिपार्टमेन्टल स्टोर्स' संचालन गर्दै व्यवसाय क्षेत्रमा पाईला राखेको थियो। हाल यस ग्रुपले विभिन्न स्वदेशी र विदेशी गरी चारवटा कम्पनीका आधिकारिक वितरक भइ व्यवसाय गर्दै आइरहेको छ। भने, दुलेगौंडा बजारमा रहेको 'तनहुँ सेवा हस्पिटल'मा पनि यस ग्रुपको लगानी छ।
दुलेगौंडा बजारबाट ५.५ किलोमिटरको दूरीमा रहेको यस 'यूनिक मल्टी एग्रो प्रालि' मा अब अर्ग्यानिक खानासँगै होमस्टेको पनि सुविधा रहेको छ। यहाँ बस्न चाहने जो कसैले फार्ममा उत्पादित लोकल कुखुरा, हाँस, कालिज, बट्टाई, माछासँगै भैंसीको दूध, दहीमोही लगायत हरिया तरकारीको स्वाद लिन पाउनुहुनेछ।
सम्पर्क नम्वर : ९८५६०-३०६६८ / ९८०२८ -२८८११
-----
This is the official YouTube Channel of Blog - 'Merodrishti'
URl : www.merodrishti.com
▶Facebook :   / blogmerodrishti  
▶Twitter :   / merodrishti  
▶TikTok :   / merodrishti  
Become a Youtube Member :    / merodrishti  
-----
Email : [email protected]
-----
Through this channel we promote tourism as well as publish stories that embrace different shades of society. Please do not download or re- upload our videos without permission.
❤️Thank You.

Комментарии

Информация по комментариям в разработке