मेलमिलाप भनेको के हो ।। मेलमिलाप किन गर्ने ? फौजदारी मुद्दाको मेलमिलाप पक्रिया समेत

Описание к видео मेलमिलाप भनेको के हो ।। मेलमिलाप किन गर्ने ? फौजदारी मुद्दाको मेलमिलाप पक्रिया समेत

मुद्दाको मेलमिलाप सम्बन्धी जानकारी
मेलमिलाप के हो ? मेलमिलापकर्ता भनेको के हो?
कस्ता विवादमा मेलमिलाप प्रक्रिया अपनाउने ?
सरकारवादी फौजदारी मुद्दाको मेलमिलाप प्रक्रिया
मेलमिलापका लागि कति दस्तुर लाग्छ ?
मेलमिलापका फाइदाहरू के के हुन् ?
मेलमिलाप के हो ? (Mediation)

विवाद समाधान गर्ने विभिन्न उपायहरू रहेका छन् । मेलमिलाप विवाद समाधानको विभिन्न उपाय मध्येको सर्वोत्तम उपाय हो ।
मुद्दा वा विवादका पक्षहरू बीचको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रूपमा कार्य गर्ने र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया मेलमिलाप हो ।
आँफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने तरिकालाई मेलमिलाप भनिन्छ ।

कस्ता प्रकारका विवादमा मेलमिलाप प्रक्रिया अपनाउने ?
नेपालको संविधानको धारा ५१ (ट)(२) ले सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जास्ता वैकल्पिक उपायहरू अवलम्वन गर्ने नीति आत्मासाथ गरेको छ ।
नेपाल सरकारवादी हुने गम्भीर प्रकृतिका फौजदारी मुद्दामा बाहेक सामान्यतया कानूनले मेलमिलाप हुन सक्ने भनी तोकीएका सबै प्रकारका विवादमा मेलमिलाप गर्न सकिन्छ । पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिट लगायतका फौजदारी मुद्दाहरू र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ।
ठगी मुद्दा
वैदेशिक रोजगार सँग सम्बन्धित मुद्दा
चेक बाउन्स मुद्दा

मेलमिलापका फाइदाहरू के के हुन् ?
विवाद समाधानमा मेलमिलापको उपाय अवलम्बन गर्दा हुने फाइदाहरुः–
मेलमिलाप एउटा छिटो छरितो उपाय भएकोले यसमा समय र पैसा दुवै बचत हुन्छ ।
पक्षहरू आफैले विवादको समाधानका उपाय तय गर्ने भएकोले मुद्दा छिट्टै टुङ्गो लाग्छ ।
दुवै पक्षको सन्तुष्टी हुने भएकाले जितको अनुभूति हुन्छ । दुवैलाई चित्त बुझ्ने समाधानको उपाय वा सर्तमा मात्र मिलापत्र गर्न सकिन्छ ।
दुवै पक्षले आफ्नो अडान र सर्तमा लचकता ल्याएर दुवैको चाहना पूरा गरी मिलापत्र गर्ने भएकोले विवादका दुवैबीच सम्बन्ध राम्रो हुन्छ ।
मेलमिलाप प्रक्रियाबाट भएको मिलापत्र पक्षको निर्णयमा हुने भएकोले अदालती निर्णय सरह नै लागू हुन्छ ।
मेलमिलाप प्रक्रियामा भएको कुराहरू गोप्य राखिन्छ । मेलमिलाप प्रक्रियामा व्यक्त गरेका कुराहरू मुद्दामा प्रमाण लाग्दैन ।


#मेलमिलाप #meditation #Awasar

Комментарии

Информация по комментариям в разработке