Temkeko Danda | टेम्केको डाँडा | Rajesh Payal Rai & Jharana Rai | पुर्बेली लोकगीत 2019 |

Описание к видео Temkeko Danda | टेम्केको डाँडा | Rajesh Payal Rai & Jharana Rai | पुर्बेली लोकगीत 2019 |

Temkeko Danda (टेम्केको डाँडा) ...

Vocal
Rajesh Payal Rai & Jharana Rai

Lyric
Dev Rai

Music
Manoj Sangson Rai

Arrange, Mix & Master
Raju Karki

Recordist
Suresh Rai

Video
Khopi Entertainment

Producer
Bhumi Rai

थेगो केटा-- ट्याम्केको डाँडा रमिता हेरौँला ,
जिन्दगीभरी साथ दिए तिमीलाई, मायाले बेरौँला ॥

थेगो केटी-- ट्याम्केको डाडाँ चिसोले मन छुन्छ,
लेखेको पाइन्छ देखेको हैन रे, हेर्दै जाउँ के हुन्छ॥

केटा--भोजपुरैबाट, हलेसी आउनु, बसैमा चढेर,
यो मेरो मनलाई, गाह्रो भैसक्यो, पिरती बढेर ॥

केटी--भोजपुरैबाट, चखेवा हुदैँ, दिक्तेलको बजार,
भाग्यमा भए, डोलिमै आउँला, नगर हतार ॥

केटा-- बुइपाको ठिटो, डबली बजार, भर्नलाई आउँदा,
मायाको जालमा, परेका थियौँ, जुहारी गाउँदा ॥

केटी-- बुइपाली ठिटो, मनैमा बस्यौ, पारुहाङ् बनेर,
सपनिमा नि, बोलाउँछौ मलाई, सुम्निमा भनेर॥

केटा-- हातैमा समाइ, हलेसी घुमी, फूल भेटी चढाउँला,
सुम्निमा बनाइ, मुटुमा राखी, मायाले सजाउँला ॥

केटी-- अहिले त गर्छौ, खुशीको कुरा, फुरुक्क पारेर,
के बिस्वास तिम्रो, जान्छौ कि छोडी, यो माया मारेर॥

केटा-- मर्दको छोरो, बोल्दिन झुटो, कसम नि खाउँला,
तिम्रो त्यो माया, पाइँन भने, मरेरै जाउँला ॥

केटी--सिध्दकालीमाई ,भाकेर पनि ,जान्छन् नि भुलेर,
स्वार्थ पो लुट्न, खोजेको हौ कि, लौ भन खुलेर ॥

केटा-- साप्सु खोलाझैँ ,निश्चल यो माया ,ट्याम्केझैँ उचाई,
आफैँ हो बुझ्ने, सक्दिन मैले,तिमीलाई बुझाई॥

केटी-- लाम्पाते सुर्ति, बदामै मिठो, जरायोटारैमा,
साच्चैको माया, छ भने आउनु, माग्नलाई घरैमा ॥

केटा-- मागेर भन्दा,भागेर बिहे , गर्ने छ चलन,
भागी आउ सानु, बुझिदेउ मेरो, मुटुको जलन॥

केटी-- संस्कारी घरमा, हुर्केकी चेली, जादिन भागेर,
पर्खेर बस्छु, मन भए लानु, बासँग मागेर ॥

केटा-- दिखुवा खोला, उर्लेर बग्छ, किनारा ढाकेर,
माग्नलाई आउँला, तिम्रो बा सामु, सगुनै राखेर ॥

केटी-- सुम्पिउँला मैले, यो मेरो जीवन, कालैले साँचुन्जेल,
तिमीले कहिल्यै, नछोड्नु मलाई, साथ दिनु बाँचुन्जेल॥

#राजेश_पायल_राई #मनोज_साङसोन_राईको_सङ्गीत
#ट्याम्केको_डाँडा
SUBSCRIBE | LIKE | SHARE
Youtube:    / studioking  
FB Page:   / studiokingnepal  

Комментарии

Информация по комментариям в разработке