वीर पुर्खा कविताको मूलभाव तथा श्लोकगत व्याख्या ( Bir purkha kabita ) CLASS : 11 @jankari online TV

Описание к видео वीर पुर्खा कविताको मूलभाव तथा श्लोकगत व्याख्या ( Bir purkha kabita ) CLASS : 11 @jankari online TV

वासुदेव त्रिपाठीद्वारा रचना गरिएको वीर पुर्खा कविता देशभक्तिको भावनाले ओतप्रोत भएर लेखिएको कविता हो । यस कवितामा कविले हाम्रो देश सृजना गर्नका लागि हाम्रा वीर पुर्खाहरुले के कस्तो योगदान दिएका थिए ? भन्ने कुरालाई स्पष्ट पारेका छन् ।
हाम्रो देश नेपाललाई अहिलेको अवस्थामा ल्याउनका लागि हाम्रा वीर पुर्खाहरुले धेरै महŒवपूर्ण तथा अतुलनीय योगदान दिएका छन् । इतिहासका पाना पल्टाएर हेर्ने हो भने धेरै राष्ट्रहरू उपनिवेशमा पर्दा पनि हाम्रो देश नेपाललाई कसैले पनि उपनिवेश बनाउन सकेनन् । यसैकारणले हामी स्वाभिमानका साथ बाँच्न सफल भयौं । हामीले यसरी स्वाभिमानपूर्वक बाँच्न पाउँनुको मुख्य कारण भनेको हाम्रा वीर पुर्खाहरूले दिएकोे योगदान नै हो । हाम्रा वीर पुर्खाहरू यो देशको निर्माण तथा संरक्षण गर्नका लागि अहोरात्र खटे । आफ्ना सबै स्वार्थहरू त्यागी दिए । नेपाल र नेपालीको हित हुने कार्य सधैँ गरिरहे । कयौँ प्रलोभन देखाइए तर कोही त्यस्ता प्रलोभनमा परेनन् । ७० बर्षको बृद्ध शरीर लिएर होस् वा पानीसमेत खान नपाएर प्याक प्याक गर्दै देशको रक्षाका लागि हाम्रा पीर पुर्खाहरु लडे । आधुनिक हतियार बोकेर लड्न आएका वैरीलाई खुँडा, खुकुरी, भाला, घुएँत्रो, अरिङ्गालको गोला आदिलाई हतियारको रुपमा प्रयोग गरेर धपाए । अरिङ्गालको टोकाई सहन नसकेर अङ्ग्रेज सिपाहीले भनेका थिए नेपालको त किरामा पनि राष्ट्रभक्ति हुँदो रहेछ । यसरी बनेको हो हिमाल, पहाड, र तराई अनि सिंगो देश नेपाल । हातमा नाङ्गो खुकुरी बोकेर अवरोध खडा गर्ने वैरीलाई मुला काटे भँैm काटेर पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म अनि उत्तरमा तिब्बत र दक्षिणमा अवधसम्म हाम्रो देशको सिमाना विस्तार गरेका थिए वीर पुर्खाहरूले । देश निर्माण गर्ने लक्ष्य लिएर अगाडि बढेका हाम्रा वीर पुर्खाहरुलाई कुनै पनि अवरोधले रोक्न सकेन । कुनै पहाड, नदी, खोला आदिले हाम्रा वीर पुर्खाहरूलाई छेक्न सकेन । जहाँ जहाँ पाइला राखे त्यो ठाउँ आप्mनो कब्जामा पारे । वैरीलाई सधैं परास्त गर्नका लागि अहोरात्र खटे । त्यही परिश्रम र मिहिनेतको कारण यो देश निर्माण हुन सफल भयो । पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म अनि उत्तरमा तिब्बत र दक्षिणमा अवधसम्म हाम्रो देशको सिमाना पैmलाए पनि बेत्रावती सन्धी पश्चात तिब्बत गुमेको थियो भने सुगौली सन्धिपश्चात पूर्व र पश्चिमका सिमनाहरु गुमेका थिए ।


#jankarionlinetelevision #RabinDhakal #Birpurkha

Комментарии

Информация по комментариям в разработке