प्रेमध्वजको संगित प्रतिको सर्मपण,भारतिय चर्चित नायिकाको प्रेम प्रस्तब समेत अस्वीकार Premdhoj Pradhan

Описание к видео प्रेमध्वजको संगित प्रतिको सर्मपण,भारतिय चर्चित नायिकाको प्रेम प्रस्तब समेत अस्वीकार Premdhoj Pradhan

रेडियोमा गीत गाउन थालेपछि वहाले साङ्गीतिक गतिविधिलाई पनि अझ तीव्र रुपमा अघि बढाउँदै लाग्नुभयो । गीतकार राममान तृषितले खोलेको नवकला परिवार नामक संस्थामार्फत् वहा काठमाडौँका विभिन्न ठाउँहरुमा हुने साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुन थाल्नु भयो ।वि।स। २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग १५ महिना शास्त्रीय सङ्गीतको शिक्षा लिनुभएका प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएका कारण त्यसको बदलामा उनले सङ्गीत सिकुञ्जेलसम्म दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेशलाललाई वहाको घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्नु हुन्थ्यो । २०१० सालमा एसएलसी परीक्षा दिनुभएका प्रेमध्वज संस्कृत विषयमा ४ नम्बर नपुगेका कारण फेल भए र पढाईमा निष्क्रिय जस्तै हुनुभयो । यसबीचमा समय कटाउन वहा कि त बुबाको कपडा पसलमा बस्नुहुन्थ्यो कि त साथीहरुको साथ लागेर दिल्ली बम्बई घुम्नुहुन्थ्यो ।आइ।एस्सी। पढ्न नसकेपछि प्रेमध्वज प्रधान सरस्वती कलेजमा रातीको समयमा आइ।ए।मा पनि भर्ना हुनुभयो । बुबासँग छट्टिएर बसेका कारण दुइ आमा छोरालाई घर खर्च चलाउन निकै गाह्रो पर्दर्थ्यो ।प्रेमध्वज प्रधानकी आमाले निकै दुःखकष्ट गरेर पुतली, गुडिया बनाई त्यसको बिक्रिबाट आउने पैसाबाट आफ्नो र छोराको जीवनयापन गरिरहनुभएको थियो । आमाले आफ्ना लागि यसरी दिनरात दुःख गरेका कारण प्रेमध्वजको मन रुन्थ्यो । त्यसकारण वहा चाँडै जागिर खाएर आमालाई सुख दिनका लागि चारैतिर जागिर खोज्न थाल्नु भयो ।

Комментарии

Информация по комментариям в разработке