How to make mustard cake fertilizer... (पिनाको झोल मल बनाउने तरिका ।)

Описание к видео How to make mustard cake fertilizer... (पिनाको झोल मल बनाउने तरिका ।)

पिना (Mustard cake)
खास गरी फलपूmल तथा बोट बिरुवाको लागी पिना वा मस्टाड केक बाट बनेको फर्टिलाईजर अती उपयोगी झोल मल हो । तर यसलाई प्रयोग गर्ने तरिका जानेन भने बोट बिरुवालाई फाइदा भन्दा बेफाइदा बढि हुन्छ जस्ले गर्दा तपाइले धरै नोक्सान वा घाटा व्यहोर्नु पर्छ । त्यसैत कुनै पनि कुरा हामीले चाहिने भन्दा बढि प्रयोग ग¥यौंभने फाइदा भन्दा हानिनै बढि हुन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो ।
आज म तपाईहरुलाई पिनाको बिशेस्ताको बारेमा बताउनुको साथ साथै यसको झोल मललाई कसरी वा कुन हिसाबले हाम्रो बोट बिरुवामा प्रयोग गर्ने, र के के कुरामा ध्यान पु¥याउनु पर्छ त्यो बिधि बताउने छु ।
तोरी तथा मस्टँडलाई मेसिन्मा पिसेर यसबाट तेल निकालेर बा“कि रहेको छोक्रालाई हामी पिना वा मस्टाड केक भन्छौं । यो एउटा फस्फोरस(रिच फर्टिलाईजर हो । यसमा फस्फोरस बाहेक नाइट्रोजन, पोटासियम र अरु धेरै किसिमका माइक्रो न्युट्रियान्स पनि पाइन्छ । पिनाको विशेसता के हो भने, अरु कुनै प्रकृया नअपनाइकन सजिलो संग तुरुन्त प्रयोग गर्न सकिने मल तथा झोल मल हो । तर केही कुराहरुमा ध्यान दिनु पर्छ जसले गर्दा हामीले अत्यन्तै साबधानी अपनाउनु पर्ने हुन्छ । जस्लाई यसरी बुझौं । सबै भन्दा पहिले पिना अरु मल भन्दा सस्तो पनि छ र यो सजिलै संग पाउन सकिन्छ । तपाईको घरको नजिकै तेल मिल छ जहा“ तोरी बाट तेल निकालिन्छ भने त्यहा“ सजिलै संग पिना पाउन सकिन्छ । मैले पनि मेरो घरको नजिकै चोकमा रहेको मिलबाट प्रति के.जी. ४० रुमैंयाको दरले किनेर ल्याउको । यो दर रेट अरु भन्दा सस्तै हो ।
यसलाई प्रयोग गर्ने तरिका ः साधारण तया पिनालाई हामी दुइ तरिकाबाट बोट बिरुवामा प्रयोग गर्छौ । हामीले दुबै तरिकाबाट यसलाई बिरुवाको माटोमा मिसाइन्छ ।
पिनाको धुलो प्रयोग गरिने पहिलो तरिकाः सबैभन्दा पहिला पिनालाई घामको नरम प्रकाश आउ“ने ठाउ“मा सुकाउने, जस्ले गर्दा यो अलि कडा हुन्छ । अब यसलाई राम्रो संग धुलो बनाउ“ने । यसलाई ओखलीमा पिसेर धुलो बनाउ“दा पनी भयो, सिलौटोमा पिस्दा पनी भयो, ढुड्डाले हिर्काएर धुलो पार्दा पनी भयो, खल्बच्चामा पिस्दा पनी भयो वा घरमा मिक्स्चर छ भने त्यस्मा पिस्दा पनी भयो । अब यो पिनाको धुलोलाई रि(पटिंङ या ट्रास्प्लान्टिंङको समयमा गमलामा राख्ने माटोमा वा कोकोपिट, भार्मिकम्पोस्ट, प्रांगारिक मल, वायो कम्पोस्ट, गोवरको धुलो आदि मलहरु मिसिएको मिश्रणमा मिसाउने । वा बिरुवालाई गमलामा सारेको एक महिना पछि बिरुवाको वरिपरीको अन्दाजी एक देखी डेर इन्च माटो सुख्खा बनाई गोडमेल गरी खुकुलो पार्ने र पिनाको धुलोलाई वरिपरी प्रयोग गर्ने तर भिजेको माटोमा प्रयोग नगर्ने र पिनाको धुलोलाई प्रयोग गर्दा माटोबाट निस्केको बिरुवाको मुख्य भागमा धेरै मात्रामा नराख्ने नत्र बिरुवा मर्छ ।
यसरी पिनाको धुलोलाई माटोमा मिसाए पछि माटो चलाउने सामानले राम्रो संग चलाई दिनु पर्छ जस्ले गर्दा माटोमा राम्रो संग मिसिन्छ । यस पछि बिरुवामा पानी राख्नु पर्छ ।
पिनाको धुलोको मात्रा मिसाउने तरिका ः ८ देखी १० इच्चको गमलामा ४० देखी ६० ग्राम पिनाको धुलो प्रयोग गर्ने । यदि तपाईको बिरुवा स्वस्थ छ भने बढि र यदि बिरुवा कमजोर छ भने ६० ग्राम भन्दा कम मात्रामा प्रयोग गर्नु होला ।
यसरी प्रयोग गरेर पानी राखेपछि, मिश्रण गरिएको भाग राम्रोसंग सुकेपछि मात्र पानीको प्रयोग गर्नु होला । यदि माटो भिजिरह्यो भने यसमा फंगल इन्फेक्शन हुने डर हुन्छ ।
पिनाको धुलोको प्रयोग गर्ने दोस्रो तरिका ः सबैभन्दा पहिला पिनालाई पानीमा मिसाएर पिनाको मिश्रण भएको झोल तयार गर्ने अनी यसलाई बोट बिरुवाको वरिपरी माटोमा राख्ने ।
यसलाई पानीसंग मिसाउने तरिका ः सबै भन्दा पहिले १०० ग्राग पिनालाई १० वा १५ लिटरको बाल्टिनमा राख्ने र ५ लिटर जति पानी राखी २४ घण्टा भिजाउने । यसमा कुनै पनि किसिमको केमिकल तथा फर्टिलाईजर नमिसाउनुहोला तर मिसाउन मन लागेमा ५० ग्राम निमको धुलो मिसाउन सक्नु हुन्छ । अब २४ घण्टा बिति सकेपछि यसलाई प्रयोग गर्नु भन्दा अगाडी केहि कुराहरु गर्नु जरुरी छ । पहिलो कुरा, जुन बोट बिरवा भएको गमलामा पिनाको फर्टिलाईजर राख्ने हो, त्यस गमलामा एक दिन अगाडि देखी पानी नराखी त्यसको माटोलाई २ देखी ३ इन्च सम्म सुख्खा राख्ने । यसरी सुकेको माटोलाई गोडमेल गरी खुकुलो बनाउनु पर्छ । अब २४ घण्टा राखिएको पिनाको झोल तयार भएको छ । अब हामी पिनाको झोल मल तथा फर्टिलाईजर तयार गर्छौं । अब हामीले २४ घण्टा अगाडी भिजाएको १०० ग्राम पिना र ५ लिटर मानीको पिश्रणलाई काठको डन्डा वा कुनै टुल्को सहायताले राम्रो संग चलाउने । अब यसमा ५ लिटर पानी मिसाउने र राम्रोसंग फेरी चलाउने । यसरी १० लिटरको पिनाको फर्टिलाईजर, बोट बिरुवामा राख्नको लागि तयार भयो । यसरी तयार भएको पिनाको झोल मललाई २ देखी ३ दिन सम्ममा प्रयोग गरिसक्नु पर्छ, नत्र यो झोल मल कुहिएर गनाउन थाल्छ । यसरी गनाइसकेपछि प्रयोग गर्दा सेतो किराहरु उत्पन्न हुन्छ जस्ले गर्दा बोट बिरुवालाई नोक्सान पु¥याउ“छ । यसलाई प्रयोग गर्दा चिया गिलासले २ गिलास प्रती गमलाको दरले राख्नु होला । यस झोल मलको प्रभाव बोट बिरुवामा पर्नको लागि ३ हप्ता लाग्छ । त्यसैले एकचोटि प्रयोग गरेपछि कम्तीमा ३ हप्ता पछिमात्र फेरी प्रयोग गर्नुहोला । यसको प्रयोग गरिसके पछि गमलाको माटो सुक्न दिनु र गोडमेल गरेर माटो खुकुलो बनाउनु पर्छ । यदि तपाइले राम्रोसंग वा साबधानी अपनाएर यो पिनाको झोल मल प्रयोग गर्नु भयोभने अरु कुनै मलको आवश्यक्ता पर्दैन । यसलाई हरेक किसिमको फलपूmल तथा तरकारी बालिमा प्रयोग गर्न सक्नु हुन्छ ।
#Happy Life With Beautiful Place

Комментарии

Информация по комментариям в разработке