कस्तो छ हुन्डाईको एसेम्बली प्लान्ट ? कति सस्तो पर्छ नेपालमै बन्ने गाडी ? Hyundai plant in Nepal

Описание к видео कस्तो छ हुन्डाईको एसेम्बली प्लान्ट ? कति सस्तो पर्छ नेपालमै बन्ने गाडी ? Hyundai plant in Nepal

कस्तो छ हुन्डाईको एसेम्बली प्लान्ट ? कति सस्तो पर्छ नेपालमै बन्ने गाडी ?

नेपालको अटो बजारमा हुन्डाई निकै लोकप्रिय ब्रान्ड हो । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको लहर चले पनि यसअघि नेपालमा हुन्डाईले तहल्का नै मच्चाएको थियो । मध्यमवर्गीय नेपालीको कार चढ्ने सपना पूरा गर्ने हुन्डाईको स्थानीय वितरक तथा बिक्रेता लक्ष्मी ग्रुपले अब भने नेपालमै गाडी उत्पादन सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राम नगरपालिकामा विशाल प्लान्ट खडा गरेको छ । जसले वार्षिक ५ हजार गाडी एसेम्बल गर्न सक्ने क्षमता राख्छ । गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै हुन्डाईको यो एसेम्बली प्लान्ट सञ्चालनमा आएको हो ।

नवलपरासीको रामग्राममा रहेको यो हुन्डाई एसेम्बली प्लान्टमा हाल भेन्यु मोडलका गाडीहरुको उत्पादन सुरु भइसकेको छ । हुन्डाईको यो प्लान्टले पहिलो चरणमै दुई सय जनालाई रोजगारी दिएको छ भने दोस्रो चरणमा आइटेन र क्रेटा उत्पादन सुरु भएपछि थप तीन सय रोजगारी सिर्जना हुनेछ ।

कम्पनीका अनुसार यो प्लान्टबाट वार्षिक एक सिफ्टमा काम गर्दा पाँच हजार वटा गाडी एसेम्बल गर्न सकिन्छ । दुई सिफ्टमा काम गर्ने हो भने प्लान्टको क्षमता १० हजार वटासम्म गाडी एसेम्बल गर्न सकिन्छ ।

नेपालमा बिक्री हुने हुन्डाईका गाडीहरू प्रायजसो भारतबाट आयात हुने गरेका छन् ।

करिब डेढ वर्षको अवधिमा एसेम्बली प्लान्ट स्थापना गरिसकेको हुन्डाईले यही प्लान्टबाट विद्युतीय गाडीसमेत उत्पादनको लक्ष्य राखेको छ ।

सिकेडी अर्थात कम्प्लिट्ली नकडाउन प्रणालीमा स्थापना भएको हुन्डाइको प्लान्टमा चाँडै नै पेन्टिङको पनि काम सुरु हुने जनाइएको छ ।

करिब १० बिघा क्षेत्रफलमा फैलिएको हुन्डाईको प्लान्टमा १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक पनि छ । यहाँ वाटर सावर टेस्ट बुथ र फाइनल इन्स्पेक्सनका लागि पनि विशेष ठाउँ छुट्याइएको छ ।

हुन्डाईको गाडीहरू नेपालमै बन्ने भएपछि यसको मूल्य निश्चय पनि सस्तो हुनेछ । तर, कम्पनीले अझै मूल्य सार्वजनिक गरिसकेको छैन ।

#hyundaiplantnepal #hyundaiinnepal #laxmihyundai #laxmigroup #automobileinnepal #nepalkogadi #automarket #ramgramnawalparasi #anjanshrestha #nirakarshrestha #ganeshbahadurshrestha #industryinnepal #vehicleassemble #madeinnepal #makeinnepal

Комментарии

Информация по комментариям в разработке