Trip to Badimalika | Part 3 | Godha Patan to Triveni Patan | Heaven is Myth, Nepal is Real

Описание к видео Trip to Badimalika | Part 3 | Godha Patan to Triveni Patan | Heaven is Myth, Nepal is Real

यात्रा बडिमालिका भाग - ३
घोडा पाटन देखि त्रिवेनि पाटन सम्म।

तेश्रो दिन त्रिवेनि पाटन पुग्नै पर्ने थियो । त्यसैले त्यो दिन सबेरै उठ्यौ , मिरमिरे घामको न्यानो पन अनि दुई दिनको थकान ! मेटाउदै एकै छिन आएको बाटो फर्कि हेर्दै आनन्द लियौ अनि त्रिवेनि पाटन तिरको यात्रा तय गर्यौ ।

साचीकै स्वर्गमै आको जस्तो महशुस भयो जब हामी घोडा पाटन छाडी अलि कति मात्र अगि हिड्यौ । भुल्न बाध्य बनायो बडिमालिका को सुन्दरताले र हामी खाजा खानुलाई रोकि हाल्यौ । डाढा वारी बस्दै पारी कहिले पुग्ने होला सोच्दै समय बितेको पनि थाहै भएन ।

त्रिवेनि पाटन सम्मको यात्रा अझै जारी नै छ !!

पर्यौ भुलन्ते !! एकै छिन हिड्ने धेरै समय भुल्ने । नभुलौ पनि कसरी । हिडाईले भन्दा दृश्यले थकाई रहने जब हरिया पाटन मात्रै देखिन सुरु भो , एकै छिन निशब्द भयौ । बयान पनि गरु कसरी ! शब्दहिन थियौ ।

साचिकै स्वर्गको टुक्रा त्यसै त नभने रै छ। त्यो दिन आफ्नै आंखाले अवलोकन गरियो ।

हरेक वर्ष भदौ १ गते त्रिवेनिमा ठुलो मेला लाग्दो रै छ । पुजारी अनि पुजारीसंग आएका भक्तजनहरु त्रिवेनिमा स्थान लिएर सोहि दिन माथी बडिमालिकामाई मन्दिर नजिक गएर बास बस्ने , भोलि पल्ट भदौ २ गते बिहानै बडिमालिका माईको पूजा गरेर सबै जाना नाटेशोरि मन्दिर सम्म पुग्ने र अन्त्यमा भदौ ३ गते जनय पूर्णिमा को दिन नाटेशोरिमा पूजा भ्याईने चलन हुने रहेछ ।

पर्यौ भुलन्ते !! छुटिनु त थियो केहि ! तर बडिमालिका माई दर्शनको लागि यात्रा अझै एक दिन बाकिं नै थियो । हेर्दै गर्नु होला ।

Facebook :   / hodophilegrg  
Instagram :   / hodophilegrg  
TikTok :   / atitgrg54  



#fyp #friends #explorenepal #beautifuldestinations #explorepage #travel #explore #nepal #life

Комментарии

Информация по комментариям в разработке