सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Описание к видео सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

साँचो परमेश्वरकहाँ आउनु छ भने हामीले मानिसको
कुरा होइन, तर बाइबलको वचनलाई विश्वास गर्नुपर्छ ।
कारण असंख्य झूटा ख्रीष्टहरू र झूटा सिद्धान्तहरूले भरिएको
यस युगमा केवल परमेश्वरको वचनद्वारा
हामीहरू सत्य र झूटलाई छुट्‌ट्याउन सक्छौं ।

यूहन्ना ५:३९
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ,
किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ ।
मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।”

येशूज्यूलाई परमेश्वरको रूपमा पूर्णतः महसुस गर्दा स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुसजस्तै
पवित्र आत्माको युगमा आउनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई हामीले पूर्णतः महसुस गरेमा स्वर्गको ठूलो आशिष् प्राप्त गर्न सक्छौं ।

[‘माता परमेश्वर’लाई विश्वास गर्नु नै बाइबलको सत्यता]
यो पृथ्वीमा भएका कुराहरूचाहिँ स्वर्गको नकल र छाया हो भनिएको छ ।
परमेश्वरले विशेष गरी पृथ्वीको पारिवारिक प्रणालीद्वारा स्वर्गको पारिवारिक प्रणालीबारे बुझाउनुहुँदै,
निस्तार-चाडको रोटी र दाखमद्यद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेमा मात्र
परमेश्वरका साँचो सन्तान बन्न सकिन्छ भन्ने कुरा जानकारी दिनुभयो ।
(पिता, माता र सन्तानहरूद्वारा निर्मित स्वर्गको पारिवारिक प्रणाली)

परमेश्वरले सोलोमनलाई साँचो आमा छुट्‌ट्याउन सक्ने बुद्धि दिनुभएजस्तै
वर्तमान समयमा, परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलका वचनहरूद्वारा
बुद्धि प्राप्त गरी माता परमेश्वरकहाँ जान सक्ने आशिष् पाएका छन् ।

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке