परमेश्वरका प्रजा भएकाहरू र नभएकाहरू | परमेश्वरको मण्डली

Описание к видео परमेश्वरका प्रजा भएकाहरू र नभएकाहरू | परमेश्वरको मण्डली

[परमेश्वरका साँचो प्रजालाई छुट्‌ट्याउने जीवनको चाड,
नयाँ करार निस्तार-चाड]
मानव-जातिको मुक्तिदाता हुनुभएका परमेश्वरले निस्तार-चाडद्वारा हामीलाई
पाप-क्षमाको आशिष् र अनन्त स्वर्गको आशिष् प्रदान गर्नुभएको छ ।
निस्तार-चाड मान्ने मानिसहरूले परमेश्वरका प्रजाको रूपमा स्वर्गको नागरिकता
प्राप्त गरेर मुक्ति पाउनेछन् भनी उहाँले शक्तिका साथ घोषणा गर्नुभएको छ ।

[परमेश्वरको इच्छाअनुसार स्थापना गरिएको निस्तार-चाड
मान्ने परमेश्वरको मण्डली]
२,००० वर्षअघि आउनुभएका येशूज्यू र वर्तमान युगका आन साङ होङज्यू
र माता परमेश्वरले, निस्तार-चाड नमानीकन ओठद्वारा मात्र परमेश्वरलाई
पुकार्ने कार्यचाहिँ व्यर्थको विश्वास हो भनेर बारम्बार सिकाउनुभएको छ ।

अनि तोकिएको समयमा निस्तार-चाड मान्न नसकेका मानिसहरूका खातिर
परमेश्वरले दोस्रो निस्तार-चाडको अनुमति दिनुभएको कारणचाहिँ निस्तार-चाड
परमेश्वरका साँचो प्रजालाई छुट्‌ट्याउन सक्ने एकदमै महत्त्वपूर्ण चाड भएकोले गर्दा हो ।

गन्ती ९:२-१३
“इस्राएलीहरूले तोकिएको समयमा निस्तार-चाड मानून् ।” ... तर मान्छेको लाश छोएर
अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्यस दिन निस्तार-चाड मान्न सकेका थिएनन् । ...
तब परमप्रभुले मोशालाई भन्नुभयो, “... त्यसले परमप्रभुको निस्तार-चाड मानोस् । दोस्रो महिनाको
चौधौँ दिन साँझमा तिनीहरूले यो मानून् । ... तर ... त्यसले निस्तार-चाड मानेन भने त्यस्तो व्यक्ति
आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, ...”

मत्ती ७:२०-२१
“यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ । मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै
स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке