परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[सबै मानिसहरूले खोज्ने अनन्त खुशी र अनन्त जीवन
प्राप्त गर्ने रहस्य के होला ?]
परमेश्वरले पानीलाई हेर्नुभएर माछाहरू सृष्टि गर्नुहुँदै तिनीहरूलाई पानीभित्र मात्र
सास फेर्ने गराउनुभयो । अनि उहाँले रूखहरूलाई भूमिमा जरा गाड्ने गरी
सृष्टि गर्नुभएकोले रूखहरूले भूमिमा जरा गाडेपछि मात्र पूर्ण हुने बनाउनुभयो ।
पिता परमेश्वर र माता परमेश्वरले एक-अर्कालाई हेर्दै मानव-जातिलाई सृष्टि गर्नुभयो,
र उनीहरूलाई परमेश्वरभित्र खुशी र अनन्त जीवनको आशिष् पाउने गराउनुभयो ।

[परमेश्वरबाट अलग रहेर जियौं भने हाम्रो जीवन कस्तो हुन्छ होला ?]
परमेश्वरलाई त्यागेको बेला शिमशोन र शाऊलले दुःखद र पीडादायी
अन्त्यको सामना गरे, तर परमेश्वरभित्र आज्ञाकारिताको जीवन जिएको
समयमा चाहिँ उनीहरू सबै कुरामा सफल भए । वर्तमान युगमा पनि,
पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरभित्र जिएकाले परमेश्वरको मण्डलीका सन्तहरूले
सबै कुरामा विजयी हुने जीवन जिउन सकेका छन् ।

उत्पत्ति १:२६-२७
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा
बनाऔं । ...” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै
गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।

यूहन्ना १५:५
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ । यदि कोही ममा
रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ,
किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке