पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली

Описание к видео पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली

[निनवेका मानिसहरू र येशूज्यूको दायाँपट्टिको डाँकूको पश्चात्ताप,
उडाऊ पुत्रको पश्चात्तापबाट सिक्न सकिने कुरा के हो ?]
परमेश्वरले निनवे सहरलाई विनाश गर्ने निर्णय गर्नुभए पनि
त्यहाँ विपत्ति नल्याउनुभएको कारणचाहिँ निनवेका मानिसहरूले
अन्य देवताहरूलाई विश्वास गर्दै इस्राएलीहरूलाई सताएको भए पनि
साँचो हृदयले पश्चात्ताप गरेकाले थियो ।

अनि येशूज्यूको दायाँपट्टिको डाँकू र बुबालाई छोडेर गएको
उडाऊ पुत्रले पश्चात्ताप गर्दा उनीहरूले आशिष् पाए ।
यी सबै कुराहरूद्वारा, मानव-जातिले आफ्नो पापप्रति पश्चात्ताप गर्दा
विपत्तिबाट बच्न सकिन्छ र मुक्ति पाउन सकिन्छ भन्ने कुरा
परमेश्वरले देखाइदिनुभएको छ ।

[सारा संसारले पूर्ण पश्चात्तापद्वारा मुक्ति पाएको
चाहने परमेश्वरको मण्डलीका सन्तहरू]
कठोर र अपश्चात्तापी हृदयले इन्साफको दिनको निम्ति
परमेश्वरको क्रोधलाई थुपार्ने गर्छ । आन साङ होङज्यू
र माता परमेश्वरको वचनद्वारा पूर्ण पश्चात्तापको मार्ग
थाहा पाएका परमेश्वरको मण्डलीका सन्तहरूले
अरू मानिसहरूले पनि पश्चात्तापद्वारा मुक्ति पाउनेछन् भन्ने
आशा गर्दै नयाँ करारको सुसमाचार प्रचार गरिरहेका छन् ।

इजकिएल १८:३०
“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याुय
त्यिसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्व‍र भन्नु हुन्छ성 ।
पश्चासत्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क !
तब तिमीहरूको पाप आफ्नोु पतनको कारण हुनेछैन ।”



[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке