सुसेली (SUSELI) । सुसेली (SUSELI) मा रामचन्द्र घिमिरे 'वियोगी' । 'कालिञ्चोक' माथि गरिएको कुराकानी ।

Описание к видео सुसेली (SUSELI) । सुसेली (SUSELI) मा रामचन्द्र घिमिरे 'वियोगी' । 'कालिञ्चोक' माथि गरिएको कुराकानी ।

सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा महाकाव्यकार रामचन्द्र घिमिरे 'वियोगी' सित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । तीनओटा कविताकृति, दुईओटा खण्डकाव्य र दुईओटा महाकाव्य (कालिञ्चोकसहित) नेपाली साहित्यका भण्डारमा अर्पण गरिसकेका घिमिरेको 'कालिञ्चोक' दोस्रो महाकाव्य हो । दोलखा जिल्लामा अवस्थित कालिञ्चोकको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व उजागर गरी प्रस्तुत महाकाव्यमा उनले कालिञ्चोकको पाैराणिक तथा ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन् । यस महाकाव्यमा उनको काव्यिक तथा दार्शनिक चिन्तनको क्षितिज फराकिलो देखिएको छ । संस्कृतका आचार्य घिमिरेले नेपाली साहित्यमा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन् । कानुनलाई पेसा बनाई त्यस पेसामा प्रसिद्धि हासिल गरेका घिमिरे प्रचारप्रसारको शैलीबाट टाढै बसी काव्यसाधना गर्न मन पराउने स्रष्टा हुन् । विशिष्ट काव्यसाधक घिमिरेको काव्यसाधना र प्रतिभाको उच्च सम्मान गर्दै उनको नवीन महाकाव्य 'कालिञ्चोक' सार्वजनिक भएको सुखद सन्दर्भमा यस माध्यमबाट उनलाई प्रस्तुत गर्नु सान्दर्भिक ठानिएको छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : सुसेली (SUSELI)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9

पत्राचारका लागि : [email protected]

Комментарии

Информация по комментариям в разработке