आज्ञाकारिताले ल्याउने मुक्ति | परमेश्वरको मण्डली

Описание к видео आज्ञाकारिताले ल्याउने मुक्ति | परमेश्वरको मण्डली

[पवित्र आत्माको युगमा थुमाको निर्देशनलाई
अन्त्यसम्मै पछ्याउने परमेश्वरको मण्डलीका सन्तहरू]
पुरानो करारको इतिहासजस्तै अनाज्ञाकारीहरू कनान देश,
अर्थात् स्वर्ग-राज्यमा प्रवेश गर्न सक्दैनन् ।
यस इतिहासमार्फत सुरुमा आज्ञाकारी भएर पछि अनाज्ञाकारी भएका
सिदकियाह राजा, आधा आज्ञाकारी र आधा अनाज्ञाकारी भएका
शाऊल राजा, अनि सुरुदेखि अन्त्यसम्मै अनाज्ञाकारी भएका
मानिसहरू देख्न सकिन्छ । यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्,
तर थुमा जता-जता जानुहुन्छ अन्त्यसम्मै आज्ञाकारिताका साथ
उहाँको पछिपछि लाग्नेहरूले मुक्ति प्राप्त गर्नेछन् ।

[मानव-जाति परमेश्वरको वचनमा आज्ञाकारी हुनुपर्ने
मुख्य कारण के होला ?]
थुमाको रूपमा आउनुभएका आन साङ होङज्यूले
परमेश्वरको वचनमा आज्ञाकारी हुनेहरू स्वर्गमा जानेछन् भन्ने कुरा
बाइबालमार्फत निश्चित गरिदिनुभयो । अनि उहाँले
“माताको शिक्षालाई राम्ररी पछ्याएमा अप्रत्याशित असल कुराहरू
धेरै घट्नेछन्” भन्ने शिक्षा मानव-जातिलाई छोड्नुभयो ।

[व्यवस्था ८:१-२]
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान,
कि तिमीहरू जीवित रहन र संख्यामा बढ्‌न सक, र गएर
परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर
प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक ।
तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने
हृदय छ कि छैन भनी जान्नलाई ...

[हिब्रू ३:१८-१९]
आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा
कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले
शपथ खानुभएको होइन र ? यसैले हामी देख्तछौं,
अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन् ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке