तरकारी खेती सिक्दै ।। उत्पादन गर्दै मुुद्राडका महिला ।।

Описание к видео तरकारी खेती सिक्दै ।। उत्पादन गर्दै मुुद्राडका महिला ।।

डडेल्धुरा । मुद्राडका महिलाहरु तरकारी खेती सिक्दै, उत्पादन गर्दै आईरहेका छन । अजयमेरु गाउँपालिका १ मुुद्राड गाउँका स्थानीय व्यवसायीक रुपमा तरकारी खेती गर्न सिकेर उत्पादन गर्दै आईरहेका हुन । किसानका बारीमै प्रशिक्षक पठाई कृषि ज्ञान केन्द्रले आईपीएम कृषक पाठशाला संचालन गरेपछि मुद्राड गाउँका ३० बढी महिलाहरुले हाल तरकारी खेती गरिरहेका छन । सामुहिक रुपमा तरकारी खेती गर्न अभ्यास गर्दै मुद्राडका महिलाहरुले भेडे खुर्सानी उत्पादनसमेत गरेका छन ।

तरकारी खेती गर्न खनजोत देखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरि बजार सम्म पुगाउने गरि पाठशालामा महिलाहरु लाई सिकाईएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले बताए । शुक्रबार मुद्राड गाउँमा आयोजना गरिएको आईपीएम कृषक पाठशाला समापन तथा किसान दिवस कार्यक्रममा उनले बढी भन्दा बढी तरकारी उत्पादन गरि महिलाहरु लाई आम्दानी बढाउन आग्रह गरे ।


सडक पुगेको मुद्राड गाउँमा सिचाईका लागि कुलोको व्यवस्था र उर्वर भूमीसमेत भएकाले व्यवसायीक रुपमा तरकारी खेती गरि सक्षम हुन उनले महिलाहरु लाई अग्रह गरे । आईपीएम पाठशाला योजना लागु भएकाले गाउँका किसानले राम्रो तरकारी खेती गर्दै गए थप योजनाहरु समेत प्राथमिकतामा पर्ने उनले बताए ।

तरकारी तथा खाद्य वस्तु आलि देखि थाली सम्मा सफा र स्वच्छ हुनुपर्छ भन्ने मान्यताले आईपीएम अर्थात ईन्टिग्रेटेड पेष्टि मेनेजमेन्ट (एकिकृत शत्रुजीव व्यवस्थापन) पाठशाला संचालन गरिदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लेखाराज निरौलाले जानकारी दिए । परम्परागत रुपमा खेतीपाती गर्दै आईरहेका तथा प्रबिधि नपुगेका किसान सम्मा प्रबिधि र आधुनिक खेती बारे जानकारी गराई उत्पादन बढाउने लक्ष्य सरकारको रहेको उनले बताए । यसका लागि पाठशाला संचालन गरिदै आएको र यो योजनाबाट किसानले फाईदा लिदै आएको उनले बताए ।

कृषक पाठशालाबाट तरकारी खेती गर्न सिकेको मुद्राड गाउँका महिलाहरुको भनाई छ । स्थानीय, उन्नत र आधुनिक गरि तीन तरिकाले भेडे खुर्सानी लगाई तरकारी खेती गर्न सिकेको गैरीपोखरी आईपीएम कृषक पाठशाला समुहका अध्यक्ष ईश्वरी देवी भण्डारीले बताईन । आधुनिक प्रबिधिबाट तरकारी खेती गर्दा उत्पादन बढी हुने उनले बताईन । तरकारीका विरुवा कति दुरीमा रोप्ने, ड्यांग कसरी बनाउने, कुन किरा मित्र, कुन शत्रु, किराको प्रकोप तथा विभिन्न रोग, संक्रमणको जोसखम कम गर्न विषादीको प्रयोग गर्ने बारे धेरै जानकारी पाएको स्थानीय मञ्जुुदेवी भण्डारीले बताईन ।

उक्त आईपीएम कृषक पाठशालामा प्रशिक्षकद्धय पदम बहादुर ऐर र पदम राज अवस्थीले खनजोत देखी उत्पादन हुदा सम्म महिला किसानहरु लाई सहजीकरण गरेका थिए ।

Комментарии

Информация по комментариям в разработке