Bhairab Dance (भैल प्याखं) विश्वकर्मा भैल प्याखं खल: भक्तपुर

Описание к видео Bhairab Dance (भैल प्याखं) विश्वकर्मा भैल प्याखं खल: भक्तपुर

भैल प्याखं
भक्तपुरको सापारूमा प्रदर्शन गरिने अर्को एउटा प्रमुख नाच भैरब नाच पनि हो । जुन नाचको प्रमुख पात्र भैरब हुने गर्दछ । तान्त्रिक मतअनुसार भैरबका धेरै रूपहरू हुने भएतापनि यहाँ विशेष गरी काल भैरब, श्वेत भैरब र आकाश भैरबलाई स्थान दिएको देखिन्छ । मध्य भागमा बस्ने भैरबको कालो मुकुण्डो र कालो पोशाकले काल भैरबको संकेत गर्छ । जसको दाँया हातमा खडग र बाँया हातमा दैत्यको काटिएको टाउकोबाट यो नाचमा भैरबले दैत्य संहार गरेको देख्न सकिन्छ । भैरबको दुईतिर बस्ते महाकाली र बाराहीलाईसमेत भैरबको रूपमा लिइएको प्रमाण ती भैरबहरूको सामुने नाच्ने बेतालहरूले दिन्छ । यहाँ रातो मुकुण्डो लगाएको महाकालीको हातमा पनि खडग र पात्र देख्न सकिन्छ । मुख चुच्चो परेको ठूलो मुकुण्डो लगाएाके रातो पोशाक लगाएको देवी बाराही हो । जसको हातमा पनि खडग र पात्र हुन्छ । यसको दाँयाबाँया बस्नेमा रातो पोशाक लाएको देवी हुन भन्ने पहेंलो पोशाक लगाएको महेश्वरी हुन् । तसर्थ भैरब नाचमा भैरबका साथ महाकाली, बाराही, देवी, महेश्वरी, बेताल तीन जना, ख्याक दुई, कवां दुई, जंगली दुई, कुकुर दुई, सिंह एक र शेर एक हुन्छ । नवदुर्गा भवानीको नेतृत्व गर्ने भैरबलाई प्रमुख पात्र बनाएर नाच्ने यो नाचको अर्को पात्र बेताल हो । बेताल विशेष गरी साना बालकहरू बन्ने गर्छ भने भैरब बन्ने पात्रको जिउ तथा भु“डी बडेमाको हुन्छ । भक्तपुरमा भैरब नाच खासगरी यहाँका प्रजापति र अवाल थरीकाले मात्र देखाउने परम्परा छ । कुनै समय तालाक्व, तौलाछें, तुछिमला र निक्वय चार ठाउँमा मात्र भैरब नाच रहेकोमा हाल निक्वयमा लोप भइसकेको छ । हाल भक्तपुरमा तुछिमला भैल प्याखं, विश्वकर्मा भैल प्याखं तौलाछें र जेठा गणेश भैल प्याखं तालाक्व गरी तीनवटा भैल नाच समूह सक्रिय छन् ।

Комментарии

Информация по комментариям в разработке