Phuleko Phool

Описание к видео Phuleko Phool

फुलेको फूल टिप्न पाए, तिमीलाई माया लाउन पाए
सारा संसार भुल्थे होला, पाउँ जमिनमा भएनी, आकाश छुन्थे होला

मनका कुराहरू कसलाई सुनाउँ
पाखा पखेरा लाई सुनाउँ, न सुन्न सक्छ
चरीलाई सुनाउँ भन्छु, उडेर टाढा टाढा जान्छ
हावालाई सुनाउँ हल्ला फैलाउँला भन्ने डर लाग्छ
चन्द्रमालाई सुनाउन मन त थियो, तर धेरै टाढा छ,
उनी जस्तै..

जोडी ढुकुर हेर माया कति सुहाएको
सायद भगवान् ले नै होला हाम्रो कहानी जुराएको
म सूर्यझैँ घाम बनी तिम्रो जीवनमा छु
तिमी सितल बतास मेरो जीवनलाई देऊ
माया दिन्छु, माया लेऊ, आऊ बस मेरो मुटुको छेउ
तिम्रै लागि खाली राखेको, तिमी आउँछौ भनी साँचि राखेको
के गल्ति त गरिनँ नि मैले, बरू मनका कुरा तिमीलाई भन्नु पर्ने पहिले
अब हाम्रो भेट कहिले कहिले, तिम्रै अनुहार सम्झी बस्ने त होला नि जहिले
धेरै कुरा सोचेको छु मैले, भन्छु भेट्ने छौँ जहिले, सक्छौ भने आऊ बरू अहिले

फुलेको फूल टिप्न पाए, तिमीलाई आफ्नो भन्न पाए
सारा संसार भुल्थे होला, पाउँ जमिनमा भएनी, आकाश छुन्थे होला

मात्र तिम्रो साथ खोजेको, लाखौँमा एक तिमीलाई रोजेको
छु होला म कमजोर, तर कमजोरी शरीरमा होला माया मा हैन
तिमीलाई देख्दा देखिन् मेरो माया घटेको छैन

भन्नु छ धेरै कुरा तिमीलाई आज
म तिम्रो लागि घाम पानीमा पर्खेको के तिमीलाई थाहा छ
यो सबै त केही हैन
तिमी बाहेक अरु कोही मागेको छैन, भगवान्सँग
पर्छन होला भगवान् पनि दङ्ग, सोच्छन् होला आखिर के छ त्यस्तो तिमी सँग
तिमी सामु हुँदा बदलिन्छ मेरो अनुहार को रंग

युग बदलियो मायालु, माया ले मात्र पुग्दैन
तर पनि यो शीर तिमी बाहेक अरु सामु झुक्दैन
होला म मा पनि खोटहरू, पाएको होलाऊ तिमीले पनि चोटहरू
जहाँ अड्कियो त्यही बस्ने गर्छ बितेका कुरा हरू
त्यो भन्दा राम्रो बरू, हाम्रो कहानी गरौँ सुरू
सुरू सुरू हिँडौँ आफ्नै बाटोमा
रोपौँ भविष्यको बीज मलिलो माटोमा
तिम्रो मनमा मलाई सजाऊ
अनि मेरो मनमा तिमी हुनेछौँ
सँगै हामी, जमिनमा पाउँ भएनी आकाश छुनेछौँ

फुलेको फूल टिप्न पाए, तिमीलाई माया लाउन पाए...

Комментарии

Информация по комментариям в разработке