Sanjhko Jhari

Описание к видео Sanjhko Jhari

साँझको झरी, खुसी र उत्साह मन भरी
झमझम पानी दर्किदा, भागाभाग भयो
शीतल हावा र अलि-अलि चिसो भयो
मान्छे दौडिए घर तिर, चरी उड्यो कहाँ
पानीले नरुझ्ने, आफु बच्न सक्ने ठाउँ छ जहाँ

कालो बादल कहिले यता कहिले उता
बहकिने हावा संगै, हरेक ठाउँ पानी पर्दै
जागिरेलाई दुख होला, किसानलाई तर सुख
खुसीले नाच्ने गर्छ बाली फल्ने आश भयो ढुक् क

यो मौसम हेर्दा बाहिर गई नाचूँ जस्तो लाग्छ
बाल्यकालको त्यो झरीमा खेलेको सम्झिँदा रुन मन लाग्छ
लडीबडी गर्दै, अनुहारमा हासो बोकेको
जति खेले पनि नपुग्ने, अमूल्य पल साँचेको

पर्दै गयो केही समय पानी द र र
संगै ल्याउँदा हरियाली, मन सबैको ह र र
बिजुली चम्किँदा आकाशमा अलि डर पनि लाग्ने
डरले नै होला सबै टाढा-टाढा भाग्ने

बिस्तारै रोकियो पानीको झराई
फेरि सुरु भयो गर्मी र चिसोको लडाई
चिसो हावाको सास अनि टाढाको पहाड देखिने
कहिले होला फेरि पानी पर्ने दिन फर्किने

Комментарии

Информация по комментариям в разработке