श्री हल्चोक आकाश भैरव समाजको प्रारम्भिक साधारणसभा

Описание к видео श्री हल्चोक आकाश भैरव समाजको प्रारम्भिक साधारणसभा

श्री हल्चोक आकाश भैरव समाजको प्रारम्भिक साधारणसभा यही भाद्र १५ गते शनिवार सम्पन्न भएकाे छ ।
नागार्जुन नगरपालिका ३ वडाका अध्यक्ष उमेश लामाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा समाजका संरक्षकद्वय सागर पुतुवार र सुरज पुतुवारले संयुक्त रूपमा सुकुन्दा बालेर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे ।
समाजका सचिव सुरेन्द्र भक्त श्रेष्ठले संचालन गर्नुभएकाे साधारणसभाकाे सभापतित्व समाजका अध्यक्ष शेरबहादुर पुतुवारले गर्नुभएकाे थियाे ।
सभामा समाजका सल्लाहकार रविकृष्ण श्रेष्ठ, संरक्षकद्वय, नागार्जुन नपा वडा नं. ३ का सदस्य बम बहादुर श्रेष्ठ, नागार्जुन नपा वडा नं. ३ का सदस्य राधिका दर्नालले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा समाजका उपाध्यक्ष एवम् वडा नं. ३ का सदस्य जीवन पुतुवारले स्वागत गर्नुभएकाे थियाे ।
प्रारम्भिक साधारणसभाबाट शेरबहादुर पुतुवारकाे अध्यक्षतामा रहेकाे ११ सदस्यीय तदर्थ समितिलाइ नै कार्यसमितिकाे रूपमा अनुमाेदन गरेकाे छ ।

छायांकन, सम्पादन तथा उत्पादन ः मेराे साप्ताहिक

Комментарии

Информация по комментариям в разработке