आशिष् दिनुहुने परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео आशिष् दिनुहुने परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[परमेश्वरले नयाँ करारको व्यवस्था स्थापना गर्नुभएर
मानव-जातिलाई पालन गर भन्नुभएको कारण के होला ?]
परमेश्वरले हिजोआज पनि “शबाथ-दिन र निस्तार-चाड जस्ता
नयाँ करार पालन गर्नू” भन्नुभएको वचनमा, अदनको बगैँचामा
आदम र हव्वालाई आशिष् दिनको निम्ति “असल र खराबको ज्ञान
दिने रूखको फल नखानू” भन्नुभएको वचनमा जस्तै उहाँको गहिरो
इच्छा समावेश छ । त्यसमा नयाँ करारद्वारा मानव-जातिमाथि आशिष्
बर्साउने उहाँको अन्तिम इच्छा समावेश छ ।

[परमेश्वरको वचनअनुसार गरेको परिणामस्वरूप
संसारबाट प्रशंसा पाइरहेको ‘परमेश्वरको मण्डली’]
विश्वासको बाटोमा आफ्नै अनुभव र ज्ञानमा भरोसा गर्दै
परमेश्वरको वचनलाई तुच्छ ठानियो भने अन्त्यमा कठिनाइ
र दुर्भाग्यद्वारा पछ्याइनेछ । दानिएल, शद्रक, मेशक
र अबेद्नगोले जस्तै परमेश्वरको वचनलाई अमूल्य ठान्दा
हामीले संसारलाई आश्चर्यचकित तुल्याउने आशिष् र महिमा
पाउनेछौं भनेर आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको छ ।

व्यवस्था ८:१
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान,
कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर
परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर
प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक ।

व्यवस्था २८:१
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ
परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन
पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका
सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке